फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा पूर्वाधारको निर्माणमा ध्यान केन्द्रित

(GMT+08:00) 2018-09-19 13:48:00

चीनले महत्वपूर्ण तथा कार्यक्षमताका ठूला परियोजनामा गरिने लगानीलाई स्थिर पार्दै भविष्यमा पूर्वाधार निर्माणमा कमजोर क्षेत्रको लागि थप लगानी जुटाउने छ। उक्त जानकारी चीन राष्ट्रिय विकास तथा सुधार समितिले १८ तारिख सार्वजनिक गरेको हो।

प्राप्त सबैभन्दा पछिल्लो तथ्याङ्क अनुसार, चालू वर्षको अघिल्ला ८ महिनामा चीनमा पूर्वाधार निर्माणमा गरिएको लगानीको वृद्धि ४.२ प्रतिशतले भएको छ जुन गत वर्षको सोही अवधिको तुलनामा १५.६ प्रतिशतले घटेको छ।

गरिबी निवारणमा केन्द्रित चीनमा ग्रामीण पुनरूत्थान रणनीति लागू भइरहेको छ। राष्ट्रिय विकास तथा सुधार समिति अन्तर्गत कृषि तथा अर्थ विभागका उप प्रमुख ली मिङछ्वानले कृषि तथा ग्रामीण पूर्वाधार निर्माणलाई मुख्य स्थानमा राख्दै जाने छ र ग्रामीण क्षेत्रको पूर्वाधारको स्तरलाइ माथि उकास्ने जानकारी पनि दिनुभएको छ।

जानकारी तथा लेखहरु