फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ग्रीष्मकालीन दाभोस मञ्चलाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङको सम्बोधन

(GMT+08:00) 2018-09-19 16:41:26

विश्व आर्थिक मञ्च २०१८ वार्षिक सम्मेलन अर्थात् ग्रीष्मकालीन दाभोस सम्मेलन १९ तारिख चीनको थ्येनचिनमा शुरू भएको छ। चीनका प्रधानमन्त्री ली खछ्याङले लगातार ६ वर्षसम्म यस सम्मेलनमा भाग लिनुभई सम्बोधन गरिरहनुभएको छ। सम्बोधनमा उहाँले चीन अझ खुला भएर सुधारलाई चौतर्फी रूपमा गहन पार्दै जाने बताउँदै बजार प्रवेशको मापदण्ड खुकुलो पारी नीतिगत पारदर्शिता विस्तार गर्ने उल्लेख गर्नुभएको छ। चिनियाँ व्यवसाय होस वा विदेशी चीनमा दर्ता गरेपछि कर कम पारिने, न्यायोचित र निष्पक्ष अनुगमनमा एकै किसिमको व्यवहार हुने पनि प्रधानमन्त्री लीले बताउनुभयो।

थाहा भए अनुसार, यस पटकको वार्षिक सम्मेलनको मुख्य विषयसूची 'चौथो औद्योगिक सुधारमा नयाँ ढाँचाको समाजको निर्माण' भन्ने रहेको छ। विश्वका १०० वटा मुलुकबाट आएका २३०० जना प्रतिनिधिहरूले सो सम्मेलनमा भाग लिइरहेका छन्।

जानकारी तथा लेखहरु