फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङद्वारा अन्तर्राष्ट्रिय शान्ति दिवसको शुभकामना

(GMT+08:00) 2018-09-19 16:42:28

सन् 2018 अन्तर्राष्ट्रिय शान्ति दिवस स्मृति समारोह सेप्टेम्बर 19 तारिख चीनको च्याङ सु प्रान्तीय नानचिङ शहरमा आयोजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष सी चिन फिङले उक्त कार्यक्रमलाई बधाई सन्देश प्रस्तुत गर्नुभएको छ।

उहाँले सन् 2018 अन्तर्राष्ट्रिय शान्ति दिवस स्मृति कार्यक्रमको आयोजना भएको उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टी, चीन सरकार र चिनियाँ जनताको तर्फबाट व्यक्तिगत रूपमा पनि स्मृति कार्यक्रमको आयोजनाप्रति शुभकामना व्यक्त गर्नुभयो। उहाँले उक्त कार्यक्रममा सहभागी विभिन्न मुलुका अतिथिहरू, लोक क्षेत्रका शान्ति संस्थान र सुरक्षा थिङ्क ट्याङ्क प्रतिनिधिहरू, विभिन्न क्षेत्रका व्यक्तिहरूको स्वागत गर्नुभयो।

उहाँले चीन शान्तिपूर्ण विकास मार्गमा दृढताका साथ लागिरहेको बताउँदै विश्वशान्तिको निर्माण, विश्व विकासका लागि योगदान दिने पक्षमा रहेको र अन्तर्राष्ट्रिय व्यवस्थाको संरक्षण गर्ने पक्ष भैरहने कुरा बताउनुभयो।

उहाँले सन् 2018 अन्तर्राष्ट्रिय शान्ति दिवस सफल रहोस् भन्ने कामना गर्नुभयो।

जानकारी तथा लेखहरु