फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाको नियतबारे चीनको प्रष्ट छः परराष्ट्र प्रवक्ता

(GMT+08:00) 2018-09-19 18:26:52

अमेरिकाले एकातिर सम्पर्क तथा वार्ता भन्दै कराउने गर्छ भने अर्कातिर नाकाबन्दीको लट्ठी पनि हल्लाउने गर्छ। यस्तो तरिका अमेरिकाको दिनचर्या बनिसकेको चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले १९ तारिख आयोजित पत्रकार सम्मेलनमा बताउनुभएको छ।

१८ तारिख अमेरिकाले चीनबाट अमेरिका निर्यात हुने २ खर्ब अमेरिकी डलरका वस्तुमा कर असुल्ने सूचना सार्वजनिक गर्यो। त्यति नै बेला अमेरिकाको इच्छा भनेको चीनसँग रचनात्मक वार्ता गर्दै समस्याको समाधान गर्नु रहेको अमेरिकी वाणिज्य मन्त्री रोसले भन्नुभयो। यसबारे चर्चा गर्दै प्रवक्ता कङ श्वाङले अमेरिकाको यस्तो नित्य कर्मलाई चीनले राम्रोसँग बुझेको बताउँदै शान्त भएर समस्याको समाधान गर्दै जाने स्पष्ट पार्नुभएको छ।

जानकारी तथा लेखहरु