फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेइजिङमा नेपालको राष्ट्रिय दिवस

(GMT+08:00) 2018-09-19 19:36:06

असोज ३ गते नेपालमा संविधान दिवस मनाइन्छ। यही संविधान दिवसलाई नेपालले राष्ट्रिय दिवसका रुपमा पनि मनाउने गरेको छ। बेइजिङस्थित नेपाली दूताबासले आज बुधबार साँझ नेपालको राष्ट्रिय दिवसका अवसरमा केक काट्दै नेपाली नृत्यका साथ स्वागत रात्रिभोजको आयोजना गरेको हो।

मिन्चु होटलमा आयोजित राष्ट्रिय दिवसलाई सम्बोधन गर्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले नेपालमा नयाँ संविधान बनेपछि सम्पन्न निर्वाचनबाट राजनीतिक स्थिरता स्थापित भएको भन्दै लगानी गर्न उपयुक्त समय भएको औँल्याउनुभयो। उहाँले सन् २०२० लाई नेपाल भ्रमण वर्ष भएकाले सबै चिनियाँलाई नेपाल भ्रमण गर्न आव्हान पनि गर्नुभयो।

चिनियाँ परराष्ट्रमन्त्रालयका उपमन्त्री छन स्यावो तोङले भाग लिनुभयो भने समारोहमा बेइजिङमा रहेका नेपालीहरुका साथै चीनका विभिन्न निकायका प्रतिनिधिहरु तथा नेपाललाई माया गर्ने र नेपालसँग विशेष सम्बन्ध भएका चिनियाँहरुको उपस्थिति थियो। नेपालबाट चीन भ्रमणमा आएको नेपालको सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल पनि सो समारोहमा सहभागी भएको थियो।

सीआरआई नेपाली सेवाका लागि सहकर्मी राधिका र अजयका साथमा

चेतनाथ आचार्य

मिन्चु होटल बेइजिङ

जानकारी तथा लेखहरु