फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सत्रौं पश्चिम चीन अन्तर्राष्ट्रिय मेलालाई राष्ट्राध्यक्ष सीको बधाई सन्देश

(GMT+08:00) 2018-09-20 17:08:08

सत्रौं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला २० तारिख सछ्वान प्रान्तीय सदरमुकाम छङतुमा शुरू भएको छ। सो मेलालाई राष्ट्राध्यक्ष सी चिनफिङले बधाई सन्देश पठाउनुभएको छ।

सन्देशमा सीले चीनको खुलापनको महत्वपूर्ण झ्याल स्वरूप यसै मेलाबाट बेल्ट एण्ड रोड (बीआरआई)मा पश्चिमी चीनको सहभागिता तथा विश्वका विभिन्न मुलुकसँगको आदानप्रदान र सहयोगलाई गहन पार्नका लागि महत्वपूर्ण फ्ल्याटफर्म प्रदान गरिएको प्रकाश पार्नुभएको छ। सीले चीनको नयाँ युग पश्चिमी क्षेत्रको नयाँ काम भन्ने शीर्षकमा राखिएको यस पटकको मेलामा बेल्ट एण्ड रोडको संयुक्त निर्माणमा केन्द्रित गरिएको पुष्टी गर्नुभएको छ। मेलामा सहभागी अतिथिहरूले चीनको पश्चिमी भागबारे गहन रूपमा बुझेर आपसी सहयोग तथा आदानप्रदानलाई मजबुत पार्दै विकासको नयाँ मौकाको संयुक्त प्रयोग गर्ने आशा पनि सीले गर्नुभएको छ।

जानकारी तथा लेखहरु