फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री ली ख छ्याङ र विश्व अर्थतन्त्र मञ्चका अध्यक्षबीच भेटघाट

(GMT+08:00) 2018-09-20 17:31:01

चीनका प्रधानमन्त्री ली ख छ्याङले 19 तारिख विहान थ्येन चिनस्थित मै च्याङ प्रदर्शनी क्न्द्रमा विश्व अर्थतन्त्र मञ्चका अध्यक्ष क्लाउस स्च्वाबसँग भेटघाट गर्नुभएको छ।

ली ख छ्याङले गृष्मकालीन डाभोस मञ्चको वार्षिक सम्मेलन एघार पटक सफलताका साथ आयोजना भइसकेको बताउँदै चीनले विश्व अर्थतन्त्र मञ्च र विभिन्न मुलुकसँग मिलेर विश्व अर्थतन्त्रको सामु देखापरेको समस्याबारे संयुक्त रुपमा छलफल गर्ने, साझा विकास र समृद्धिलाई अगाडि बढाउने आशा लिएको कुरा बताउनुभयो।

स्च्वाबले विश्व अर्थतन्त्र मञ्चले चीनसितको सहयोगलाई सबल पार्ने, विश्वव्यापीकरण र बहुपक्षीयतावादको समर्थन दिने कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु