फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री ली ख छ्याङद्वारा बहुपक्षीय व्यापारको आधारभूत सिद्धान्तको संरक्षण गर्ने कुरामा जोड

(GMT+08:00) 2018-09-20 18:36:33
चीनका प्रधानमन्त्री ली ख छ्याङले बीस तारिख विहान थ्येनचिनमा गृष्मकालीन दाभोस मञ्चमा सहभागी उद्योग तथा वाणिज्य, बैकिङ, थिङ्क ट्यांक, सञ्चार-माध्यम क्षेत्रका व्यक्तिहरूसँग वार्ता र आदान-प्रदान गर्नुभएको छ।

सो अवसरमा प्रधानमन्त्री लीले बहुपक्षीय व्यापार नियम विश्वका प्रायजसो मुलुकहरूद्वारा संयुक्त रुपमा छलफल गरिएको र धेरै वर्षसम्म व्यवहारमा उतारिएको भन्दै यो नियमको आधार स्वतन्त्र व्यापारको संरक्षण गर्नु हो भन्नुभयो। उहाँले वर्तमान परिस्थितिमा धेरै मुलुकहरूले द्विपक्षीय स्वतन्त्र व्यापारको वार्ता गरिरहेका तर विभिन्न मुलुकले बहुपक्षीय व्यापारको आधारभूत सिद्धान्तको संरक्षण गर्नुपर्ने कुरा बताउनुभयो।

उहाँले विश्वव्यापीकरण प्रक्रियामा विभिन्न मुलुकको ध्यानाकर्षण र हित खास गरी विकासोन्मुख मुलुकहरू, विशेष गरी अति कम विकसित मुलुकहरूका जनताको हितमाथि ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु