फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आठ महिनामा सात लाख पर्यटक नेपालमा, चिनियाँ पर्यटक तेश्रो स्थानमा

(GMT+08:00) 2018-09-21 13:43:52

विगत आठ महिनाको अवधिमा करिब सात लाख पर्यटकले नेपालको भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०१८ को अगस्टसम्म छ लाख ८० हजार ९९६ जना पर्यटक नेपाल भित्रिएका छन्। आठ महिनासम्मको यो तथ्याङ्क अनुसार नेपालमा यस वर्ष मासिक औसत ८५ हजार पर्यटक भित्रने पाइएको छ।

बोर्डका अनुसार अगस्टसम्मको पर्यटक आगमन सङ्ख्या अघिल्लो वर्षको सोही महिनासम्मको तुलनामा १८.२ प्रतिशतले बढी हो। त्यस्तै अघिल्लो अगस्ट र यस वर्षको सोही महिनाको तुलनामा भने यो १८.८ प्रतिशतको वृद्धि हो। बोर्डको तथ्याङ्क अनुसार यस वर्षको अगस्टमा मात्रै ८७ हजार ६७९ पर्यटक भित्रिएका छन्। जबकी अघिल्लो वर्षको यसै महिनामा ७३ हजार ७७८ पर्यटकले नेपाल भ्रमण गरेका गोरखापत्र अनलाइनमा खबर छ।

अगस्टमा भित्रिएका पर्यटकको सङ्ख्यात्मक हिसाबले भारत पहिलो स्थानमा छ। भारतबाट उक्त महिनामा १९ हजार २९५ पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या अघिल्लो अगस्टको तुलनामा ३७ प्रतिशतले बढी हो। सङ्ख्यात्मक हिसाबमा श्रीलङ्का भारतपछि दोस्रो स्थानमा छ। श्रीलङ्कबाट अगस्टमा १६ हजार ८७८ पर्यटक नेपाल भित्रिएका छन्। यो सङ्ख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा ७४.५ प्रतिशतले बढी हो। तेस्रो स्थानमा रहेको चीनबाट १२ हजार ४८ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अगस्टमा सिङ्गापुर, दक्षिण कोरिया, चेक गणतन्त्र, इजरायल, नेदरल्याण्ड र स्विडेनबाट आउने पर्यटकको वृद्धिदर भने नकारात्मक छ। पर्यटक आगमनको वृद्धिदरको हिसाबले थाइल्याण्ड पहिलो स्थानमा छ। स्विडेनबाट सबैभन्दा कमले नेपाल भ्रमण गरे।

जानकारी तथा लेखहरु