फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल-भारत 'कनेक्टिभिटी' नै आर्थिक एवं सामाजिक सम्बन्धको कारक

(GMT+08:00) 2018-09-21 13:46:33

नेपाल र भारतबीच विभिन्नस्तरमा भइरहेको 'कनेक्टिभिटी'ले आर्थिक एवं सामाजिक सम्बन्ध बढाउन मदत गरेको भारतको नीति आयोगका उपाध्यक्ष डा. राजीवकुमारले बताउनुभएको छ। कारोबार अनलाइनका अनुसार काठमाडौं विश्वविद्यालय, इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) र बारबरा फाउन्डेसनले काठमाडौंमा विहीबार गरेको अन्तक्रियामा उहाँले दुई देशबीच कनेक्टिभिटी स्थापनाका काम कागजमा मात्रै नभई वास्तविक रूपमा नै अघि बढेको पनि बताउनुभयो। यस्तै, काठमाडौं र रक्सोल छिट्टै रेलवे कनेक्टिभीले जोडिने र रेलवेको विकासका लागि भारतले नेपालमा विशेष महत्व दिएको उहाँको भनाइ छ।

"भारतका लखनउ, पटना, गुवाहटीजस्ता सहरहरू पूर्वाधार विकासका माध्यमले जोडिनेछन्," उहाँले भन्नुभयो, "यसका लागि आवश्यक पर्ने भाएबिलिटी फन्डिङ ग्यापको जोहो दुवै देशले गर्नेछन्, भारत नेपालसँग कनेक्टीभिटी जोडन चहान्छ र त्यहीअनुसार काम पनि गरिरहेको छ।" कुमारले दुई देशको सम्बन्ध बलियो रूपमा स्थापित गर्न आपसी विश्वास महत्वपूर्ण हुने भन्दै त्यसका आधार कनेक्टिभिटी नै भएको स्पष्ट पार्नुभयो।

यस्तै, नेपाल र भारतबीच पूर्वाधार तथा अन्य क्षेत्रबाट पनि सम्बन्ध बलियो हुँदै गएको भन्दै उहाँले थप्नुभयो, "नेपालसँग हाम्रो आफ्नै आत्मियता छ, चीनले के गर्ला वा अरु देशले के गर्ला भनेर हामीले नेपाललाई हेरेका छैनौं।

भारतले वस्तु तथा सेवा कर (जीएसटी) लागू भएपछि अर्थतन्त्र सुधारोन्मुख भएको बताएको छ । उपाध्यक्ष कुमारले जीएसटीले अर्थतन्त्र सुधारोन्मुख भएको वास्तविक नतिजा आउन कम्तिमा पनि दुई वर्ष लाग्ने बताउनुभयो।

जानकारी तथा लेखहरु