फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा हुने २१ औं अन्तर्राष्ट्रिय बीमा सम्मेलनको तयारी तीव्र

(GMT+08:00) 2018-09-21 13:48:11

नेपालमा आयोजना हुन लागेको २१ औं अन्तर्राष्ट्रिय बीमा सम्मेलनको तयारी तीव्र पारिएको बीमा समितिले जनाएको छ। आगामी ९ गतेदेखि राजधानीमा शुरु हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बीमा समितिले जानकारी दिएको छ।

यो संगठन विश्वभरका बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरुको साझा संगठन हो। एआईआरडीसी भन्ने एउटा अन्तर्राष्ट्रिय संगठनमा आवद्ध देशहरुबीच यस्तो सम्मेलन आयोजना हुँदै आएको छ।

समितिका अनुसार सम्मेलनमा २० राष्ट्रको सहभागिता हुने पक्का समेत भएको छ । यस्तो सम्मेलनमा नेपालमा दोस्रो पटक आयोजना हुन लागेको हो । १६ वर्षअघि नेपालमा यो सम्मेलन आयोजना भएको अनलाइनखबरले जनाएको छ।

करिब २ दशक पछि सम्मेलन आयोजना गर्न पाएको अवसरको भरपुर सदुपयोग गर्ने तयारी समितिले गरेको छ।

यसअघि सन् १०१६ मा बहराइनमा अन्तर्रा्ष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो। सन् २०१६ मा बहराइनमा भएको २० औं सम्मेलनले आगामी २१ औं सम्मेलन नेपालमा गर्ने निर्णय गरेको थियो । सोहीअनुसार नै यस वर्ष नेपालमा अन्तर्राष्ट्रि बीमा सम्मेलन आयोजना गर्न लागिएको हो।

जानकारी तथा लेखहरु