फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सत्रौं पश्चिम चीन अन्तर्राष्ट्रिय मेलामा ६००० वटा व्यवसायको सहभागिता

(GMT+08:00) 2018-09-21 14:08:13

सत्रौं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला २० तारिख चीनको सछ्वान प्रान्तीय छङ तुमा शुरू भएको छ। चीनको नयाँ युग पश्चिमी क्षेत्रको नयाँ काम भन्ने मुख्य विषयसूची रहेको यस मेलामा भाग लिएका चिनियाँ तथा विदेशी व्यापारीको संख्या ६० हजार छ भने ९० वटा मुलुकबाट आएका प्रतिनिधि मण्डल तथा ६००० वटा व्यवसायले पनि भाग लिइरहेका छन्। यस पटकको मेलाको मुख्य अतिथि मुलुक इटली हो।

यस पटकको मेलामा बेल्ट एण्ड रोड सम्बद्ध ३१ वटा मुलुकका २०० वटा भन्दा बढी व्यवसायले भाग लिइरहेका छन्।

सन्२०००देखि शुरू भएको पश्चिम चीन अन्तर्राष्ट्रिय मेला चीनको पश्चिमी भागमा महत्वपूर्ण लगानी प्रवर्द्धन, व्यापार सहयोग तथा कूटनैतिक सेवा मञ्च हो। आज आएर यो मेला चीनमा खुलापनको महत्वपूर्ण झ्याल बनिसकेको छ र बेल्ट एण्ड रोड निर्माणमा पश्चिमी भागको सहभागिता एवम् विश्वका विभिन्न मुलुकसँगको आदानप्रदान तथा सहयोगको प्रवर्द्धनको लागि महत्वपूर्ण मञ्च पनि प्रदान गरेको छ।

जानकारी तथा लेखहरु