फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा व्यापार संचालन वातावरणको सुधार गर्न प्रयास

(GMT+08:00) 2018-09-21 15:15:11

"फेरि सुधार तथा खुलापनतर्फ प्रस्थान" भन्ने मुख्य विषयवस्तु रहेको "सन् 2018 राष्ट्रिय महत्वपूर्ण नीति मञ्च" बीस तारिख पैचिङमा आयोजना भएको छ। व्यापार संचालन वातावरणलाई सुव्यवस्थित पार्नेसम्बन्धी गोष्ठीमा सहभागी व्यक्तिहरूले हाल चीनले व्यापार संचालन वातावरणको सुधार गर्न प्रयास गरिरहेको बताउँदै सम्बन्धित नीति पनि एकपछि अर्को गरी सार्वजनिक गरिने कुरा बताएका छन्।

"सन् 2018 राष्ट्रिय महत्वपूर्ण नीति मञ्च"मा हङ थुङ समूह बोर्डका अध्यक्ष छ्वै कन ल्याङ एक निजी उद्योग-व्यवसायी हुनुहुन्छ। उहाँको विचारमा निजी उद्योग-व्यवसाय चीनको आर्थिक विकास र सामाजिक स्थिरतालाई अगाडि बढाउने महत्वपूर्ण शक्ति बनिसकेको छ। यसका साथै देशको विभिन्न प्रोत्साहन नीतिबाट निजी उद्योग-व्यवसाय लाभान्वित भएका छन्।

सो अवसरमा चिनियाँ राष्ट्रिय विकास तथा सुधार समितिअन्तर्गत कानून तथा नियम विभागका प्रमुख याङ चेले हाल चीनको राज्य परिषदले समन्वय टोलीको स्थापना गरी व्यापार संचालन वातावरण जिम्मेवारी लिने कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु