फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा अमेरिकासँग तथाकथित नाकाबन्दी रद्द गर्न ताकिता

(GMT+08:00) 2018-09-21 18:35:20

अमेरिकी परराष्ट्र मन्त्रालयले चिनियाँ केन्द्रीय सैन्य आयोगअन्तर्गत प्रबन्ध विकास विभाग र यो विभागका जिम्मेवार व्यक्तिमाथि नाकाबन्दी लगाउने कुराको घोषणा गरेको छ। यसबारे चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले 21 तारिख पैचिङमा आयोजना भएको नियमित पत्रकार सम्मेलनमा चीनले अमेरिकासँग तुरुन्तै तथाकथित नाकाबन्दी रद्द गर्न कडा ताकिता गरेको बताउनुभएको छ।

प्राप्त समाचारमा जनाइएअनुसार, अमेरिकी परराष्ट्र मन्त्रालयले 20 तारिख चीनले "नाकाबन्दीमार्फत अमेरिकी प्रतिद्वन्द्वीमाथि प्रहार ऐन" उल्लंघन गरेका कारण चिनियाँ केन्द्रीय सैन्य आयोगअन्तर्गत प्रबन्ध विकास विभाग र यो विभागका जिम्मेवार व्यक्तिमाथि नाकाबन्दीको घोषणा गरेको थियो। सम्बन्धित प्रश्नको जवाफ दिँदै प्रवक्ता कङ श्वाङले अमेरिकाले अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत सिद्धान्तको सख्त उल्लंघन गरेको साथै चीन र अमेरिका यी दुबै मुलुक र दुबै सेनाको सम्बन्धको गम्भीर रुपमा हानी पुर्‍याएको कुरा बताउनुभयो। चीनले अमेरिकासँग तुरुन्तै गल्ती सच्याउन र तथाकथित नाकाबन्दी रद्द गर्न कडा ताकिता गरेको उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु