फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय व्यापार प्रणालीको सुधार तीन सूत्रीय सहमतिको आधारमा

(GMT+08:00) 2018-09-21 18:55:13

यसै साता, यूरोपेली संघ र क्यानाडाले विश्व व्यापार संगठन (डब्लुटीओ) सुधारको दवस्तावेज र मस्यौदा एकपछि अर्को गरी प्रस्तुत गरेका छन्। एक सातापछि डब्लुटीओ अपील संस्थानका मौरिशस मूलका न्यायाधीश श्रीबाबु चेकितान सेर्वान्सिङको कार्यावधि पूरा हुने छ। डब्लुटीओ अपील संस्थान संचालन हुन नसक्ने अवस्थामा प्रवेश गर्नेछ। विश्वको बहुपक्षीय व्यापार प्रणालीको सामु इतिहासको सबैभन्दा गम्भीर संकट देखापरेको छ।

डब्लुटीओको सुधारलाई अगाडि बढाउनका लागि विश्वका मुख्य आर्थिक समूहबाट महत्वपूर्ण मतैक्यता हुनुपर्ने छ। पहिलो, अपील संस्थानप्रति अमेरिकाको अवरोध समाधान गरिनुपर्ने छ। दोस्रो, संरक्षणवाद र एकपक्षीयतावादलाई टोकरीभित्र बन्द गरिनुपर्ने छ। तेस्रो, परामर्शको एकीकरणको सिद्धान्तमा अडानका साथ लाग्नुपर्ने छ।

जानकारी तथा लेखहरु