फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको आर्थिक विकास राम्रो दिशातिर जाने महत्वपूर्ण संकेत

(GMT+08:00) 2018-09-21 19:01:01

बाह्रौं ग्रीष्मकालीन दाभोस मञ्च हिजो थेनचिङमा सम्पन्न भएको छ। प्रधानमन्त्री ली खछ्याङले सो सम्मेलनको उद्धाटन समारोहमा दिनुभएको सम्बोधनमा राष्ट्राध्यक्ष सी चिनफिङले गत वर्ष विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलनमा प्रस्तुत गर्नुभएका महत्वपूर्ण विचारहरूको व्याख्या गर्दै नयाँ औद्योगिक क्रान्तिमा विश्व आर्थिक विकासमा नयाँ बलियो शक्ति थप्ने महत्वपूर्ण प्रस्ताव गर्नुभएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले २१ तारिख आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री लीको सम्बोधनबाट केही महत्वपूर्ण संकेत प्राप्त भएको प्रकाश पार्नुभएको छ।

ती महत्वपूर्ण संकेतहरू यस प्रकार छनः एक, अर्थतन्त्रको विश्व्यापीकरणको चीनले अडानका साथ संरक्षण गर्नु। दुई, चीनको आर्थिक विकास निरन्तर रूपमा राम्रो दिशातिर हिंडिरहेको छ र तीन, चीनले सुधार तथा खुलापनको लागू गर्दै जाने छ।

चीनको आर्थिक वृद्धि विश्वको लगभग ३० प्रतिशत ओगटेकोले विभिन्न पक्षसँग मिलेर नयाँ औद्योगिक क्रान्तिबाट विश्व अर्थतन्त्रको दिगो र सहनशील विकासको प्रवर्द्धन गर्दै चीनले विश्वको आर्थिक पुनरूत्थान तथा स्थिर वृद्धिको लागि अझ ठूलो योगदान गर्ने इच्छा लिएको पनि प्रवक्ता कङले जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु