फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छङ्तुमा उपरराष्ट्रपति पुन र सीपीसी सछ्वान प्रान्तीय सचिवबीच भेटवार्ता

(GMT+08:00) 2018-09-22 13:48:29

चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुन र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का सिचुवान प्रान्त सचिव फङ छिङह्वाबीच शुक्रबार शिष्टाचार भेट भएको छ।

भेटमा उपराष्ट्रपति पुनले नेपाल चीन सम्बन्ध नयाँ उचाईमा पुगेको बताउँदै सछवान र नेपालको सम्बन्ध विशिष्ट रहेको बताउनुभयो। नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै उहाँले नेपाली भूमिलाई चीन विरोधी गतिविधिमा प्रयोग हुन नदिने बताउनुभयो।

उपराष्ट्रपतिले चीन र नेपालबीच भएका पछिल्ला सम्झौता र समझदारीहरुले दुई देशबीचको सम्बन्ध परम्परागत भन्दा माथि उठेको औंल्याउनुभयो। व्यापार तथा पारवाहन सम्झौता, बिआरआईमा नेपालको सहभागिता र व्यापार तथा पारवाहन सम्बन्धी प्रोटोकलमा भएको सहमतिले दुई देशबीचको सम्बन्ध प्रगाढ भएको र सहकार्य विस्तार भएको उहाँको ठहर छ।

नेपाल राजनीतिक स्थायित्व हासिल गरेर आर्थिक समृद्धिको मार्गमा अगाडि बढिरहेको उल्लेख गर्दै पुनले नेपालको आर्थिक समृद्धिको यात्रामा चीनको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो।

उपराष्ट्रपति पुनले सन् २०२० लाई नेपालले भ्रमण वर्षको रुपमा मनाउन लागेको जानकारी गराउँदै सरकारी प्रयासबाटै चिनियाँ नागरिक माझ प्रचार प्रसार गरिदिन आग्रह गर्नुभयो। नागरिकन्यूज डटकमका अनुसार अहिले नेपालमा सबै भन्दा धेरै भ्रमण गर्ने विदेशी पर्यटकमा चिनियाँ समेत रहेका छन्।

भेटमा सिपिसीका सिछ्वान प्रान्तका सचिव फङले चीन नेपाल सम्बद्ध विशिष्ट प्रकारको रहेको बताउँदै उपराष्ट्रपतिको भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाएको उल्लेख गर्नुभयो।

सचिव फङले एक चीन नीतिप्रति नेपालको समर्थन, प्रतिबद्धता र व्यवहारिक कार्यान्वयनबाट चीन अत्यन्त खुशी रहेको बताउनुभयो। नेपालको भ्रमण गर्नेमा सिचुवान प्रान्तका नागरिक अधिक रहेको उल्लेख गर्दै सचिव फङले नेपालको प्राकृतिक सुन्दरताको अवलोकन गर्न र संस्कृतिको अनुभव गर्न चिनियाँ नागरिक आतुर रहेको बताउनुभयो।

भेटवार्ताका क्रममा उहाँले दुई देशबीचको सम्बन्ध सुधार तथा सहकार्यलाई सहज बनाउन छेन्दुमा नेपालले महावाणिज्य दूतावास चाँडै खोल्नुपर्ने प्रस्ताव गर्नुभयो। 'सम्माननीज्यू नेपाल फर्कना साथ छेन्दुमा महाणिज्य दूतावास खोल्नेमा नेपाल सरकारले निर्णय लिनेमा आशावादी छु', उहाँले भन्नुभयो, 'महावाणिज्य दूतावास स्थापना भएमा हामीलाई धेरै सहज हुनेछ।'

उपराष्ट्रपतिसँग शुक्रबार नै सिपिसीका यिपिन नगर सेक्रेटरी लिउ चोङफोले शिष्टाचार भेट गरेका छन्। उपराष्ट्रपति शुक्रबार नै यिपिन नगरको भ्रमणका लागि छेन्दुबाट त्यसतर्फ प्रस्थान गर्नुभएको थियो। उपराष्ट्रपतिले शुक्रबार विहान छङ्तुमा रहेको दुई सय वर्ष पूरानो टासी मन्दिरको अवलोकन भ्रमण समेत गर्नुभयो।

जानकारी तथा लेखहरु