फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल सरकारद्वारा अश्लील सामग्रीको आदानप्रदान,प्रकाशन र प्रशारणमा रोक

(GMT+08:00) 2018-09-22 13:52:58

समाजमा विभिन्न खालको अपराधमा बृद्धि भएपछि सरकारले अश्लील सामग्रीको आदानप्रदान, प्रकाशन र प्रशारणलाई बन्देज लगाएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार नेपाल दूरसञ्चार प्राधिकरणलाई त्यस किसिमका सामग्रीमा नेपाल भित्रबाट हुने पहुँचमा रोक लगाउन निर्देशन दिएको र प्राधिकरणले पनि सम्बन्धित इन्टरनेट सेवा प्रदायकहरूलाई आइतबारबाटै रोक्न निर्देशन दिएको छ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र ढकालले इन्टरनेटको माध्यमबाट यौनजन्य अश्लील सामग्रीमा सहज पहुँचका कारण नेपाली समाजको मूल्य मान्यता र सामाजिक सद्भावमा खलल पुगेको तथा समाजमा यौनजन्य हिंसा र विकृति सिर्जना गर्न प्रेरित गरेको ठहर गर्दै मन्त्रालयले अश्लील सामग्रीको आदानप्रदान, प्रकाशन र प्रशारणमा बन्देज लगाउने निर्णय गरेको जानकारी दिनुभयो।

यौनजन्य अश्लील सामग्रीको आदानप्रदान, प्रकाशन र प्रशारणमा बन्देज लगाउन तथा त्यस्ता सामग्रीहरूमा विद्युतीय सञ्चार तथा इन्टरनेटको माध्यमबाट हुने पहुँचमा रोक लगाउन तथा त्यस किसिमका वेभसाइटहरू बन्द गर्न मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिएको जानकारी समेत उहाँले दिनुभयो। नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले मन्त्रालयको निर्देशनपछि सबै इन्टरनेट सेवा प्रदायक कम्पनी तथा ब्रोड बैण्ड मार्फत सेवा दिने नेपाल टेलिकम, एनसेल लगायतका कम्पनीहरूलाई 'अश्लील साइट' तत्काल 'ब्लक' गर्न निर्देशन दिइसकिएको जानकारी दिनुभयो। आइतबारदेखि नेपालभित्र 'अश्लील साइट' बन्द हुनेछ।

जानकारी तथा लेखहरु