फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हिमा कोरियाली प्रायद्वीपको आणविक समस्या समाधानमा सकारात्मक संकेतः चीन

(GMT+08:00) 2018-09-22 14:13:16

अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सीको ६२औं महाधिवेशनमा २१ तारिख उत्तर कोरियामाथि प्रत्याभूति तथा अनुगमन गर्ने निर्णय-प्रस्ताव पारित भएको छ। भियना, संयुक्त राष्ट्र संघ तथा अन्य अन्तर्राष्ट्रिय संगठनका लागि चिनियाँ आवासीय प्रतिनिधि वाङ छ्वेनले सो निर्णय-प्रस्तावबाट कोरियाली प्रायद्वीपको आणविक समस्याको राजनैतिक समाधानका क्रममा सकारात्मक ऊर्जा थपिएको प्रकाश पार्नुभएको छ।

सो निर्णय-प्रस्तावमा थपिएका नयाँ सकारात्मक विषयबारे जानकारी दिँदै प्रतिनिधि वाङले सम्बद्ध राजनैतिक तथा कूटनैतिक प्रयासको समर्थन गर्ने संकेत सो प्रस्तावमा दिइएको बताउनुभएको छ। साथै सो प्रस्तावमा अन्तर्राष्ट्रिय समाजले विविध मञ्च तथा प्रस्तावमार्फत शान्ति कूटनैतिक प्रयासको प्रवर्द्धन गर्ने कामको समर्थन तथा प्रोत्साहन भन्ने विषय पनि राखिएको छ। उत्तर कोरिया सम्बन्धि निर्णय-प्रस्तावमा यसरी लेखिएको यो नै पहिलो पटक हो।

सो निर्णय-प्रस्तावको छलफलमा चीनले भाग लिने क्रममा प्रशस्त रचनात्मक सुझाव प्रस्तुत गर्दै प्रस्ताव पारित गर्नमा योगदान गरेको जानकारी पनि वाङले दिनुभएको छ।

जानकारी तथा लेखहरु