फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-जर्मनी दोस्रो उच्चस्तरिय सुरक्षा वार्ता आयोजित

(GMT+08:00) 2018-09-22 14:14:08

चीन-जर्मनी दोस्रो उच्चस्तरिय सुरक्षा वार्ता सेप्टेम्बर २१ तारिख बर्लिनमा आयोजित भएको छ।

चीन-जर्मनी उच्चस्तरिय सुरक्षा वार्ताको आयोजना नै चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ तथा जर्मन चान्सलर एङ्गेला मर्केलले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको 'चीन-जर्मनी चौतर्फी रणनैतिक साझेदारी सम्बन्धको स्थापना सम्बन्धि संयुक्त वक्तव्य'को कार्यान्वयन गर्दा चालिने महत्वपूर्ण कदम हो र यसबाट सुरक्षा क्षेत्रमा आपसमा एकले अर्काको सम्मान गर्ने र पारस्परिक विश्वासिलो सहयोग प्रतिविम्वित हुनेखालको सहमति दुवै पक्षले गरेका छन्।

दुवै पक्षले आतंकवाद तथा उग्रवादको प्रतिरोध, इन्टर्नेट तथा अर्थ, अन्तर्देशीय अपराधको विरूद्ध लगायत अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सुरक्षा विषयबारे गहन रूपमा वैचारिक आदानप्रदान गरेका छन्।

अर्को पटकको चीन-जर्मनी उच्चस्तरिय सुरक्षा वार्ता सन्२०१९मा चीनमा आयोजना हुने सहमति पनि भएको छ।

जानकारी तथा लेखहरु