फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भियतनामका राष्ट्राध्यक्षको निधनमा चिनियाँ राष्ट्राध्यक्ष सीको शोक सन्देश

(GMT+08:00) 2018-09-22 14:15:08

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङले २१ तारिख भियतनाम कम्युनिष्ट पार्टीका महासचिव न्गुयेन भु त्रोङ्गलाई शोक सन्देश पठाउँदै पार्टी, सरकार, जनता र व्यक्तिगत रूपमा भियतनामका राष्ट्राध्यक्ष ट्रान दाइ क्वानको निधनप्रति गहिरो शोक प्रकट गर्नुभएको छ। साथै उहाँका परिवारजनप्रति गहिरो सहानुभूति पनि प्रकट गर्नुभएको छ।

उहाँका अनुसार, स्वर्गीय ट्रान भियतनामका पार्टी तथा देशका श्रेष्ठ नेता हुनुका साथै भियतनामको विकास र सुधार तथा खुलापनका लागि महत्वपूर्ण योगदान गर्नुभएको छ। कमरेड ट्रान चिनियाँ जनताका घनिष्ट साथी पनि हुनुहुन्थ्यो। उहाँले प्रयास गरेर चीन र भियतनामको परम्परागत मित्रताको उत्तराधिकार तथा प्रसार गर्नुका साथै दुई देशको चौतर्फी रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई सक्रिय रुपमा अगाडि बढाउनुभएको थियो।

महासचिवको नेतृत्वमा भियतनाम पार्टी, सरकार र जनताले शोकलाई शक्तिमा बदलेर समाजवादको निर्माणमा नयाँ उपलब्धि हासिल गर्नसक्ने विश्वास पनि सीले प्रकट गर्नुभएको छ।

जानकारी तथा लेखहरु