फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ललितपुरमा अरनिकोको पूर्णकदको शालिक अनावरण

(GMT+08:00) 2018-09-22 15:01:03

नेपालका राष्ट्रिय विभूति कलाकार अरनिकोको पूर्णकदको शालिक अनावरण कार्यक्रम ललितपुरको महानगरपालिका परिसरमा आयोजना गरियो। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय विभूति अरनिकोको शालिकको अनावरण गर्नुभयो।

अरनिको नेपालका साँस्कृतिक दूत भएकाले नेपाल-चीन सम्बन्ध परिपक्व अवस्थामा पुगेको बताउँदै राष्ट्रपति भण्डारीले थप्नुभयोः 'तेह्रौं शताब्दीमा नेपालबाट चीनमा गएका कलाकार अरनिकोले नेपाली मौलिक शैलीका श्वेतचैत्य र विहारहरू निर्माण गरेर चीन-नेपाल जनस्तरीय तथा साँस्कृतिक सम्बन्ध विकासमा योगदान पुर्याउनुभएको छ।'

कार्यक्रममा सहभागी हुनुभएकी नेपालका लागि चिनियाँ राजदूत यु होङले चीन र नेपालबीचको सम्बन्ध प्रवर्द्धनमा अरनिकोले पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै भन्नुभयोः 'अरनिकोले नेपाल चीनबीचको परम्परागत मित्रताको विकासमा प्रेरणा दिनुभएको छ।'

चीनमा छ वर्ष काम गर्नुभएका संस्कृतिविद् सत्यमोहन जोशीले नेपाल र चीनबीचको सांस्कृतिक आदानप्रदानको पुनरावलोकन गर्नुभयो। उहाँले थप्नुभयोः 'दुई देशबीच हिमालका शिखरका कारण अनेक कठिनाइ भएपनि अनादिकालदेखि नै साँस्कृतिक सम्बन्ध बलियो रहेको देखिन्छ।'

यसैबीच अरनिकोको शालिक बनाउने मूर्तिकार प्रकाशरत्न शाक्यलाई सोही समारोहमा प्रशंसापत्र प्रदान गरिएको छ।

जानकारी तथा लेखहरु