फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङकङ हाइस्पिड रेलको युगमा प्रवेश

(GMT+08:00) 2018-09-22 18:23:59

२२ तारिख क्वाङचौ—शनचन—हङकङ हाइस्पिड रेलको हङकङ भाग संचालन शुभारम्भ कार्यक्रम आयोजित भएको छ। हङकङ विशेष प्रशासनिक क्षेत्रका मुख्य प्रशासक लीचन य्वेअ तथा क्वाङ तु प्रान्तीय प्रमुख मा सिङरवीले संयुक्त रूपमा उक्त संचालन शुरूआत समारोह आयोजना गर्नुभयो। जसबाट हङकङ र चीनको राष्ट्रिय हाइस्पिड रेल संजालसँग जोडिएको छ र हङकङ हाइस्पिड रेलको युगमा प्रवेश भएको छ।

प्राप्त जानकारी अनुसार, क्वाङचौ—शनचन—हङकङ हाइस्पिड रेलको हङकङ भाग भोलि २३ तारिखदेखि संचालनमा आउने भएको छ। भोलिदेखि हङकङबाट चीनको मुख्य भूमिका ४४ वटा ठाउँको स्टेशन जाने प्रत्यक्ष रेलको संचालन शुरू हुने छ। संचालनमा आउने शुरूमा प्रतिदिन आउनेजाने यात्रुको संख्या ८० हजार पुग्ने अनुमान गरिएको छ। हङकङबाट शनचनसम्म रेलद्वारा कम्तिमा १४ मिनेटमा पुगिने छ भने हङकङबाट क्वाङचौसम्म कम्तिमा ४७ मिनेट लाग्ने छ। साथै हङकङबाट पैचिङसम्म रेलद्वारा कम्तिमा ८ घण्टा ५६ मिनेट लाग्ने छ।

जानकारी तथा लेखहरु