फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पहिलो चिनियाँ किसानको प्रचुर फसल भित्र्याउने दिवसको उपलक्ष्यमा सी चिनफिङको शुभकामना

(GMT+08:00) 2018-09-22 18:46:12

भोलि २३ तारिख चिनियाँ पात्रोअनुसार छ्यौ फन अर्थात् त्यस दिनको दिउँसो नै रात समान हो। सोहि दिन पहिलो चिनियाँ किसानको प्रचुर फसल भित्र्याउने दिवस पनि हो। उक्त उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष र सैन्य आयोगका अध्यक्ष सी चिनफिङले पार्टीको केन्द्रिय समितिको प्रतिनिधित्वमा करोडौं चिनियाँ किसानलाई शुभकामना दिनुभएको छ।

सीका अनुसार, चिनियाँ किसानको प्रचुर फसल भित्र्याउने दिवसको स्थापना पार्टीको केन्द्रिय समितिद्बारा अध्ययन गरिएर निर्णय गरिएको हो। जसले "कृषि, ग्रामीण क्षेत्र र किसान" लगायत तीन कार्य सबैभन्दा महत्वपूर्ण र आधारभूत कार्य भएको देखाएको छ। यो निकै प्रभावकारी कार्य हो।

चीन ठूलो कृषि मुलुक भएर कृषिमा महत्व दिनु देशको शासन गर्ने र जनताको जीवनलाई स्थिर पार्ने आधारभूत कुरा भएको सीले औल्याउनुभएको छ।

जानकारी तथा लेखहरु