फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इरान-इराक युद्धको 38औं वर्षगाँठ मनाउन इरानमा भएको सैन्यपरेडमा सशस्त्र समूहको आक्रमण, 24को मृत्यु

(GMT+08:00) 2018-09-23 15:36:36

सशस्त्र समूहले 22 तारिख इरानको दक्षिणी भागस्थित खुजेस्तान प्रान्तको सदरमुकाम अहभाजमा आयोजित इरान र इराक युद्धको 38औं स्मृति सैन्य परेडमा आक्रमण गरेका छन्। त्यसमा परी हालसम्म कम्तीमा 24 जनाको मृत्यु हुनुका साथै 53 जना घाइते भएका छन्।

इरानी सञ्चार-माध्यमले जनाएअनुसार, चार जना सशस्त्र व्यक्तिले सैनिक परेड समारोहमा मानिसको हुलतर्फ गोली चलाएका थिए। प्राप्त समाचारमा जनाइएअनुसार, खुजेस्तान प्रान्तको राष्ट्रिय विभाजनवादी सशस्त्र समूहले उक्त आक्रमणको जिम्मेवारी लिएको छ।

जानकारी तथा लेखहरु