फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलनको प्रतिनिधि मण्डल श्रीलंकामा

(GMT+08:00) 2018-09-23 15:38:51

श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले २१ तारिख कोलम्बोमा त्यहाँको भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रिय जनराजनैतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष ली पिनसँग भेटघाट गर्नुभएको छ।

भेटमा उपाध्यक्ष लीले बेल्ट एण्ड रोड निर्माणको मौका पारेर विभिन्न क्षेत्रमा हुने आपसी आदानप्रदान तथा सहयोगलाई गहन पार्दै पारस्परिक सम्बन्धलाई अघि बढाउँदै जाने इच्छा चीनले लिएको बताउनुभएको छ।

भेटमा श्रीलंकाली राष्ट्रपति मैत्रीपालाले दुवै देशबीचको वर्तमान सम्बन्ध राम्रो अवस्थामा रहेको र बेल्ट एण्ड रोड निर्माणलाई अघि बढाउन संयुक्त प्रयास गर्ने आशा व्यक्त गर्नुभएको छ। आपसमा मैत्रीपूर्ण उपलब्धिबाट दुई देशका जनता लाभान्वित हुने अपेक्षा पनि राष्ट्रपति मैत्रीपालाले गर्नुभएको छ।

जानकारी तथा लेखहरु