फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतले विदेश मन्त्री वार्ता रद्द गरेकोमा पाकिस्तानको आलोचना

(GMT+08:00) 2018-09-23 15:44:51
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले २२ तारिख ट्वीटरमार्फत् न्यूयोर्कमा निर्धारित भारत-पाकिस्तान विदेश मन्त्रीस्तरीय वार्ता भारतले रद्द गरेकोमा भारतको घमण्ड तथा नकारात्मक सोच भएको औंल्याउनुभएको छ। भारतको नकारात्मक प्रतिक्रियाप्रति आफूलाई निराश लागेको कुरा पनि पाकिस्तानी प्रधानमन्त्री इम्रान खानले उल्लेख गर्नुभएको छ।

थाहा भएअनुसार, भारत तथा पाकिस्तानी विदेश मन्त्रालयले २० तारिख दुवै देशका विदेश मन्त्रीले यसै महिनाको अन्त्यमा न्यूयोर्कमा संयुक्त राष्ट्र संघको महाधिवेशनमा भाग लिँदा वार्ता गर्ने निर्णय सार्वजनिक गरेपछिको एक दिनपछि मात्रै भारतीय विदेश मन्त्रालयले एकपक्षीय रूपमा सो वार्ता रद्द गर्ने घोषणा गर्यो। त्यसपछि पाकिस्तानी विदेश मन्त्रालयले वक्तव्य प्रकाशित गर्दै भारतको एकपक्षीय निर्णयप्रति निराश लागेको जनाएको हो।

प्राप्त जानकारी अनुसार, भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले वार्ता रद्द गरेको भन्दै पाकिस्तानले जम्मु काश्मिर क्षेत्रमा ३ जना भारतीय प्रहरी मारेको साथै काश्मिर सशस्त्र तत्व भएको हुलाक टिकट पनि छापेकोले पाकिस्तानसँगको वार्ता अर्थहीन बनेको जनाउनुभयो।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मोहमद फैसलले भारतले निहुँ खोज्नुमा कुनै विश्वासिलो तर्क नभएको र कथाकथित हुलाक टिकट जुलाइ २५ तारिख पाकिस्तानको आमनिर्वाचन हुनुअघि नै छापिसकिएको साथै भारतीय सुरक्षाकर्मी मारिएको घटना पाकिस्तानसँग सम्बन्धित नभएको दाबी गर्नुभएको छ।

जानकारी तथा लेखहरु