फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ किसानको पहिलो प्रचुर फसल भित्र्याउने दिवस मनाइँदै

(GMT+08:00) 2018-09-23 18:19:55

सेप्टेम्बर २३ तारिख चिनियाँ परम्परागत पात्रो अनुसार, छ्यौ फन अर्थात् शरद ऋतुको शुरूआत हो र यसै उपलक्ष्यमा चीनमा किसानको पहिलो प्रचुर फसल भित्र्याउने दिवस मनाइरहेका छन्। यो नै चीनमा राष्ट्रिय तहमा कृषकको लागि विशेष रूपमा राखिएको पहिलो दिवस हो। चीनका विभिन्न क्षेत्रमा खेतीबाली संस्कृति, फसल भित्र्याउने सांस्कृतिक कार्यक्रमहरू आयोजित भइरहेका छन्। चीनका विभिन्न सामाजिक वर्गको ध्यानाकर्षक विशेषतायुक्त कृषि उत्पादित वस्तु, नयाँ युगमा नयाँ किसानहरूको भावनाको प्रशंसा तथा कृषि तथा ग्रामीण क्षेत्रको द्रूत विकासको लागि बुद्धि तथा योगदानको प्रवर्द्धनमा केन्द्रित भएको छ।

चीनमा पहिलो प्रचुर फसल भित्र्याउने दिवस कृषि क्षेत्रको ठूलो महोत्सव (कार्निवल), रमाइलो समारोह तथा फसलको प्रदर्शन गरिने अवसर मानिन्छ। पैचिङबाहेक, चीनमा कृषि तथा खेती सभ्यताको प्रतिनिधित्व गर्ने चीनको पूर्वी भागस्थित चच्याङ प्रान्तीय आनची, चीनको उतर पश्चिमी भागस्थित वल्लो शानसी प्रान्तीय याङ लीङ नमूना क्षेत्र लगायत ६ वटा ठाँउमा पनि यो दिवस मनाइएको छ।

फसलबाट अरबौं कृषकहरूको लागि धन भित्र्याइन्छ र तोकिएको वर्तमान मापदण्ड बमोजिम, ग्रामीण क्षेत्रमा गरिबी निवारण कार्यलाई प्रत्याभूति दिनु नै चीनमा सम्पन्न समाजको निर्माणको लागि आधारभूत लक्ष्य हो।

1  2  3  4  5  6  7  
जानकारी तथा लेखहरु