फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा "चीन-अमेरिका व्यापार विवादको तथ्य कुरा तथा चीनको अडान"नामक श्वेत-पत्र सार्वजनिक

(GMT+08:00) 2018-09-24 14:43:59

चीनको राज्य परिषदको प्रेस कार्यालयले आज सेप्टेम्बर २४ तारिख"चीन-अमेरिका व्यापार विवादको तथ्य कुरा तथा चीनको अडान"नामक श्वेत-पत्र सार्वजनिक गरेको छ। चीन-अमेरिका व्यापार सम्बन्धको तथ्य कुरालाई शुद्धिकरण गर्न र चीन-अमेरिका व्यापार विवादप्रति चीनको अडान तथा यस समस्याको समुचित रुपमा समाधान गर्नसकियोस् भन्ने यसको उद्देश्य रहेको छ।

"चीन-अमेरिका व्यापार विवादको तथ्य कुरा तथा चीनको अडान"नामक श्वेत-पत्रमा करिब छत्तीस हजार अक्षर छन्। भूमिकाबाहेक त्यसमा चीन-अमेरिका आर्थिक सहयोगका लागि आपसी हित तथा सँयुक्त विजय,चीन-अमेरिका व्यापारिक सम्बन्धको तथ्य कुरा,अमेरिकी सरकारको व्यापारिक सँरक्षणवादी कारवाही,अमेरिकी सरकारको व्यापारिक प्रभुत्ववादी क्रियाकलाप,अमेरिकाको अनुचित गतिबिधिबाट विश्वको आर्थिक विकासका लागि हानि र चीनको अडान लगायत छ वटा भाग रहेका छन्।

यस श्वेत-पत्रका अनुसार,चीन विश्वमा सबैभन्दा ठूलो विकासोन्मुख मुलुक हो भने अमेरिका विश्वमा सबैभन्दा विशाल विकसित मुलुक हो। चीन-अमेरिका व्यापारिक सम्बन्ध दुवै मुलुकका लागि अर्थपूर्ण मात्र नभई विश्वमा आर्थिक स्थिरता कायम राख्नका साथै आर्थिक विकासका लागि ठूलो भूमिका रहेको छ।

जानकारी तथा लेखहरु