फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-अमेरिका व्यापार विवादबारे चीनका आठ अडान

(GMT+08:00) 2018-09-24 14:36:16

चीनको राज्य परिषदको प्रेस कार्यालयले आज सेप्टेम्बर २४ तारिख "चीन-अमेरिका व्यापार विवादको तथ्य कुरा तथा चीनको अडान"नामक श्वेत-पत्र सार्वजनिक गरेको छ। जसका अनुसार,चीन-अमेरिका व्यापारिक सम्बन्ध दुई मुलुकका जनताको हित-कल्याण तथा विश्व शान्ति, समृद्धि तथा स्थिरतासँग सम्बन्धित छ। चीन र अमेरिकाका लागि सहयोग एउटा मात्र उचित विकल्प हो भने सँयुक्त विजयबाट अरु उज्यालो भविष्यको मार्गमा लाग्नसक्नेछ।

यस श्वेत-पत्रमा चीन-अमेरिका व्यापार विवादबारे चीनका आठ अडान स्पष्ट पारिएको छ। ती यस्ता छन्- चीनले राष्ट्रिय प्रतिष्ठा तथा केन्द्रीय हितको दृढताका साथ सँरक्षण गर्ने, चीन-अमेरिका व्यापारिक सम्बन्धको स्वस्थ विकासलाई चीनले अटलताका साथ अघि बढाउने, चीनले बहुपक्षीय व्यापारिक व्यवस्थाको दृढताका साथ सँरक्षण गरी त्यसको सुधारलाई अघि बढाउने, चीनले बौद्धिक सम्पदा अधिकारको सँरक्षण गर्ने, चीनमा विदेशी व्यवसायहरुको बैधानिक हक-हितको चीनले दृढताका साथ सँरक्षण गर्ने, चीनले सुधार तथा खुलापनलाई दृढताका साथ अघि बढाउने, चीनले अरु विकसित मुलुकहरु तथा व्यापक विकासोन्मुख मुलुकहरु बीचको हित तथा सँयुक्त विजयका सहयोगलाई अटलताका साथ अघि बढाउने, र चीनले मानव हित लक्षित समूदायको निर्माणलाई कडाइका साथ अघि बढाउने छ।

जानकारी तथा लेखहरु