फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र अमेरिका बीचको व्यापारिक सहयोग दुवै पक्षका लागि प्रतिस्पर्धाको सट्टामा सँयुक्त विजय - श्वेत-पत्र

(GMT+08:00) 2018-09-24 15:10:29

चीनको राज्य परिषदको प्रेस कार्यालयले आज सेप्टेम्बर २४ तारिख "चीन-अमेरिका व्यापार विवादको तथ्य कुरा तथा चीनको अडान" नामक श्वेत-पत्र सार्वजनिक गरेको छ। जसका अनुसार, चीन र अमेरिका बीचको दौत्य सम्बन्ध स्थापना भएदेखि दुई पक्ष बीचको आर्थिक तथा व्यापारिक सम्बन्धमा निरन्तर रुपमा विकास हुँदै आएको छ र व्यापार तथा लगानी लगायत क्षेत्रमा रहेको सहयोगमा प्रशस्त उपलब्धि हासिल भएको छ। चीन र अमेरिका बीचको व्यापारिक सहयोग दुवै पक्षका लागि प्रतिस्पर्धाको सट्टामा सँयुक्त विजय भन्ने कुरा तथ्यबाट प्रमाणित छ।

चीन र अमेरिका एक-अर्काका लागि मालसामानको व्यापार सम्बन्धी महत्वपूर्ण साझेदार हो। दुई पक्ष एक अर्काको व्यापार पूरक हो। दुई पक्ष बीचको सेवा सम्बन्धी व्यापारमा तिब्र गतिले बृद्धि भएको छ। एक-अर्काका लागि लगानी गर्ने महत्वपूर्ण साझेदार हो। चीन र अमेरिका दुवै पक्ष आर्थिक तथा व्यापारिक सहयोगबाट लाभान्वित भएको छ।

जानकारी तथा लेखहरु