फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका विभिन्न स्थानमा चन्द्र दिवसको स्वागत

(GMT+08:00) 2018-09-24 15:12:46

सेप्टेम्बर चौब्बीस तारिख चीनको परम्परागत पर्व अर्थात् चन्द्र दिवस हो। बितेका केही वर्षयता चीनका विभिन्न स्थानले विभिन्न खालका विशेषतायुक्त गतिबिधिको आयोजना गरी चन्द्र दिवस मनाउनुका साथै परम्परागत रीतिरिवाज र संस्कृतिको बिँडो थामेका छन्। ती रोचक र ज्ञानबर्द्धक सांस्कृतिक गतिबिधिहरूले अधिकांश सर्वसाधारणलाई पनि आकर्षित गरेका छन्।

चीनको च्याङ सु प्रान्तको याङ चौ शहरमा अवस्थित एउटा आबास क्षेत्रमा "चन्द्र दिवस चन्द्रमाको दृश्यावलोकन" शीर्षकको रमाइलो समारोह आयोजना गरिएको छ।

त्यसै गरी पैचिङ शहरमा पहिलो पल्ट शहरव्यापी परम्परागत चाड-पर्व सम्बन्धी सांस्कृतिक गतिबिधिको आयोजना पनि गरियो। पैचिङ रीतिरिवाज संग्रहालयमा पनि शृंखलाबद्ध गतिबिधिको आयोजना गरिएको छ।

यसका अतिरिक्त, सीआन र छङ तु आदि शहरमा पनि विविध रोचक गतिबिधिमार्फत चन्द्र दिवस मनाइएको छ।

जानकारी तथा लेखहरु