फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्वेत-पत्रद्वारा चीन-अमेरिका व्यापार विवादको स्पष्ट जानकारी

(GMT+08:00) 2018-09-24 18:29:57

आज सेप्टेम्बर २४ तारिख चीनको परम्परागत पर्व मध्य शरद पर्व हो। यस उपलक्ष्यमा चीनले"चीन-अमेरिका व्यापार विवादको तथ्य कुरा तथा चीनको अडान"नामक श्वेत-पत्र सार्वजनिक गरेको छ। सो श्वेत-पत्रले चीन-अमेरिका आर्थिक तथा व्यापारिक सहयोगको वास्तविकता आपसी हित तथा सँयुक्त विजय हो भन्दै चीन-अमेरिका व्यापार विवादबारे चीनको अडान स्पष्ट पारेको छ।

अमेरिकी सरकारले अत्याधिक विरोधको बावजुद व्यापार लडाईंलाई चर्को बनाएर विश्वको आर्थिक पुन:उत्थानमा अरु गम्भिर प्रभाव पारेको पृष्ठभूमिमा चीन सरकारले यस्तो श्वेत-पत्र जारी गरेको हो। जसबाट अन्तर्राष्ट्रिय समूदायले चीन-अमेरिका व्यापार विवादबारे उचित रुपमा बुझ्नसकिनेछ।

"चीन-अमेरिका व्यापार विवादको तथ्य कुरा तथा चीनको अडान"नामक श्वेत-पत्रमा छत्तीस हजार अक्षर छन्। यसले सर्वप्रथम चीन-अमेरिका व्यापार सम्बन्धको वास्तविकतालाई शुद्धिकरण गर्नुका साथै अमेरिकाको व्यापार सँरक्षणवाद तथा प्रभुत्ववाद तथा यसबाट ल्याइने हानिको विश्लेषण गरेको छ। दोस्रो,श्वेत-पत्रमा चीन-अमेरिका व्यापार विवाद तथा अन्तर्राष्ट्रिय सम्बन्धबारे चीनको अडान प्रष्ट पारिएको छ। र तेस्रो,श्वेत-पत्रमा चीन-अमेरिका व्यापार विवादको समुचित रुपमा समाधान गर्ने तरिका प्रस्तुत गरिएको छ।

जानकारी तथा लेखहरु