फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

'सुखद बखतको सहउपभोग' कार्यक्रम काठमाण्डुमा

(GMT+08:00) 2018-09-24 20:08:08

'सुखद बखतको सहउपभोग' शीर्षकको कार्यक्रम आज काठमाण्डुमा प्रदर्शित गरिएको छ। नेपाली साथीहरूसँगै चीनको मध्य शरद दिवस पर्व मनाउने उद्देश्यले नेपालको चिनियाँ संस्कृति केन्द्र र चीनको क्वी चौ प्रान्तको संस्कृति विभागले यस कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रम शुरू हुनु अघि नेपालका लागि चिनियाँ राजदूत यू होङले कार्यक्रममा सहभागी सम्पूर्ण चिनियाँ तथा नेपाली साथीहरूलाई चीनको मध्य शरद पर्व र नेपालीको इन्द्रजात्राको हार्दिक शुभकामना व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो- 'आज सम्पूर्ण चिनियाँहरूले मध्य शरद दिवस पर्व मनाइरहेका छौं र यस क्रममा दूतावासको तर्फबाट सबैलाई शुभकामना छ। र नेपालमा रहेर काम गरिरहेका सबै चिनियाँ साथीहरू र चीन र नेपालको सम्बन्धको चौतर्फि विकासमा लागिपरेका सबैलाई हार्दिक शुभकामना छ।' उहाँले अगाडि भन्नुभयो- 'दुई देश बीचको सम्बन्धलाई अगाडि बढाउन लागि परेका चिनियाँ तथा नेपाली सबैलाई मेरो तर्फबाट धेरै धेरै शुभकामना छ।'

सो अवसरमा नेपालको प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महराले नेपालको संस्कृतिबारे जानकारी दिँदै भन्नुभयो- 'नेपाल बहूभाषिक, बहूसांस्कृतिक, बहूधार्मिक, बहूजातीय राष्ट्र हो। यहाँका विविध जनजाती र नागरिक, आमसमुदायलाई एकआपसमा यही संस्कृति, धर्म, परम्परा, चालपर्वले जोड्दै राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न विशेष योगदान दिएको छ। यसै गरी छिमेकी देश चीन पनि कला, संस्कृतिमा धनी भएको महसूस गरेको छु। मैले विविध पटकको चीन भ्रमणको अवसरमा त्यहाँको कला, संस्कृतिको अवलोकन गर्ने अवसर पाएको छु।'

चीनको क्वै चौ प्रान्तको छेन तु मान कला मण्डलीको प्रस्तुती रहेको उक्त कार्यक्रमले दर्शकको मन जितेको छ। कार्यक्रम समाप्त पछि उपस्थित सबै चिनियाँ तथा नेपाली साथीहरूले मध्य शरदको विशेष खाद्यसामग्री मुनकेक खाएका छन्।

वर्षा,

सीआरआई नेपाली सेवा

काठमाण्डु, नेपाल ।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु