फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सहयोगमा निजामति अस्पतालको स्तरोन्नति

(GMT+08:00) 2018-09-26 16:18:43

चीनको सहयोगमा मिनभवनस्थित निजामति अस्पतालको स्तरोन्नति परियोजनाको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र नेपालका लागि चीनका राजदूत यू होङले संयुक्त रूपमा आज उद्घाटन गर्नु भएको छ। परियोजनामा ११५ शैय्याको नयाँ सर्जिकल भवन र पहिलाका पुराना ३ भवनको स्तरोन्नति गरिनेछ।

परियोजनाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत होङले परियोजना २०१८ को सेप्टम्बर महिनाबाट प्रारम्भ हुने बताउनुभयो।

उहाँले वि.स. २०७२ को भूकम्प पश्चात् चीनले नेपालको शिक्षा तथा चिकित्सा क्षेत्र लगायतका क्षेत्रमा ५ वटा परियोजना बनाइ दिने प्रतिबद्धता गरेको बताउनुहुँदै त्यसमध्येका यस निजामति अस्पताल र अरू दुई सिन्धुपाल्चोक र मनाङका अस्पताल रहेको औंल्याउनुभयो।

त्यसै गरी मन्त्री पण्डितले हालको निजामति अस्पताल र यसको विस्तारले नेपालीहरूको स्वास्थ्यमा उल्लेखनीय योगदान पुर्याउने भन्दै भविष्यमा झन् गुणस्तरीय सेवा दिने विश्वास व्यक्त गर्नुभयो।

११,००० वर्गमिटर फैलिएको परियोजनाबारे जानकारी दिँदै अस्पतालका कार्यकारी निर्देशक डा. दीर्घ राज आर. सी.ले अस्पताल डेढ वर्ष भित्रमा निर्माण गरिसक्ने र करिब सवा अर्ब खर्च लाग्ने बताउनुभयो।

जानकारी तथा लेखहरु