फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आर्थिक स्वतन्त्रतामा नेपालको सुधार

(GMT+08:00) 2018-09-26 18:30:47
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन २०१८ मंगलबार सार्वजनिक भएको छ। विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन २०१८ अनुसार १६२ राष्ट्रमध्ये नेपाल १०२ औं स्थानमा रहँदै विश्व आर्थिक स्वतन्त्रतामा नेपालले संसारका ६० मुलुकलाई पछाडि पारेको छ।

क्यनाडाको फ्रेजर इस्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले गरेको एक अध्ययनअनुसार नेपालको आर्थिक स्वतन्त्रताको अवस्था सुधारोन्मुख देखिएको हो। मंगलबार सार्वजनिक भएको विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन २०१८ मा नेपाल १६२ राष्ट्रहरूमध्ये १०२औं स्थानमा रहेको उल्लेख छ।

नेपालले करिब ६० मुलुकलाई पछि पार्दै कुल १० अंकमध्ये ६.५३ अंक हासिल गरेर गत वर्षभन्दा ५ स्थान माथि पुगेको छ। प्रतिवेदनअनुसार यसअघिका अध्ययन र १ देखि १० सम्म अधिकतम प्राप्त मानेको अंकका आधारमा १६२ राष्ट्रहरूमध्ये १०२औं स्थानमा रहेको पनि उल्लेख छ। गत आर्थिक वर्षमा नेपाल १५९ राष्ट्रमध्ये १०७ औं स्थानमा रहेको थियो भने अघिल्लो आर्थिक वर्षमा नेपाल १०८ औं स्थानमा रहेको थियो। प्रतिवेदनअनुसार छिमेकी मुलुक भारत नेपालभन्दा ६ स्थान माथि ९६औं स्थानमा छ भने अर्को छिमेकी मुलुक चीन नेपालभन्दा ६ स्थान पछाडि १ सय आठौं स्थानमा छ। दक्षिण एसियामा नेपालभन्दा भारत र भुटान नेपालभन्दा राम्रो आर्थिक स्वतन्त्रता भएका मुलुकका रुपमा देखिएका छन्।

प्रतिवेदनका अनुसार विश्वभरमा सबैभन्दा उच्चदरको आर्थिक स्वन्तन्त्रता कायम गरेका चीनको हङकङ पहिलो स्थानमा देखिएको छ। सिंगापुर, न्युजिल्यान्ड, स्विट्जरल्याण्ड, आयरल्याण्ड, संयुक्त राज्य, जर्जिया, मरिसियस, संयुक्त अधिराज्य, अष्ट्रेलिया र क्यानाडा क्रमशः उत्कृष्ट १० मुलुकको स्थानमा रहेका छन्। प्रतिवेदन अनुसार सुडान, गिनी–बिसाउ, अंगोला, सेन्ट्रल अफ्रिकि रिपब्लिक, रिपब्लिक अफ कंगो, सिरिया, अल्जेरिया, अर्जेन्टिना, लिब्या र भेनेजुएला लगातार अन्तिम १० स्थानमा देखिएका छन्।

जानकारी तथा लेखहरु