फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पर्यटकको रोजाइमा सिद्धगुफा र रक क्लाइम्बिङ

(GMT+08:00) 2018-09-26 18:31:09
तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर यतिबेला पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको छ। विमलनगरमा रहेको दक्षिण एसियाकै ठूलो मानिएको सिद्धगुफा र रक क्लाइम्बिङ पर्यटकका लागि पहिलो रोजाइ बनेकाले यहाँ पर्यटकको संख्या दिनप्रतिदिन बढ्दै गएको

राससले जनाएको छ।

यो गुफा पृथ्वीराजमार्गको डुम्रेबाट २ किलोमिटर पूर्व विमलनगर माथि डाँडामा छ। करिब ४०० मिटर लामो यस गुफाभित्र विभिन्न जीवजन्तु तथा भगवानका आकृति र चमेरोका कारण पनि उक्त गुफा आकर्षणको केन्द्रबिन्दु बनेको हो। अवलोकन र गुफाभित्र रहेका वस्तुको खोजबिन गर्नका लागि पनि अहिले पर्यटकको वृद्धि भएको सिद्धगुफा व्यवस्थापन समितिका अध्यक्ष लालकुमार श्रेष्ठले बताए।

विमलनगरमै साहसिक एवं मनोरञ्जनात्मक रक क्लाइम्बिङका लागिसमेत पर्यटकको आवागमन बढेको छ। १ सय ५० मिटर लम्बाइ र १५ मिटर चौडाइ रहेको सो पहरा हिमाली क्षेत्रबाहेक राजमार्ग क्षेत्रकै सबैभन्दा उत्कृष्ट र लामो आरोहण मार्ग भएको अध्यक्ष श्रेष्ठले बताए। पृथ्वीराजमार्गसँगै जोडिएको उक्त क्षेत्रमा आउने पर्यटकले मर्स्याङ्दी नदीमा र्याफ्टिङ गर्नाका साथै सिद्धगुफा अवलोकन पनि गर्न सक्ने भएकाले रक क्लाइम्बिङ गर्ने पर्यटक बढेको उनले बताए।

जानकारी तथा लेखहरु