फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको उपहार एकसिंगे गैंडा चीन आइपुग्यो

(GMT+08:00) 2018-09-27 17:12:38

एकसिंगे गैडा संरक्षणका लागि नेपाल र चीनबीच सहयोग अनुसन्धान सम्बन्धी संस्था 'नेपाल-चाइना रिसर्च को-अपरेसन अन राइनो प्रोटेक्सन'को बुधबारदेखि चीनमा शुभारम्भ गरिएको छ। साथै नेपालले उपहारस्वरूप चीनलाई दिएको एकसिंगे गैंडाको पनि बुधबार नै शाङ्हाइमा सार्वजनिकीकरण गरिएको छ।

शाङ्हाइमा आयोजित उक्त कार्यक्रममा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, चीनको राष्ट्रिय वन तथा घाँसेमैदान प्रशासनका उपनिर्देशक ली छुनलियाङ, शाङ्हाइ नगरपालिकाका प्रतिनिधि लगायत सहभागी थिए।

कार्यक्रममा बोल्दै नेपाली राजदूत पौडेलले प्रकृतिको सम्पदा एकसिंगे गैंडाको संरक्षणका लागि यो एउटा अग्रणी पहल भएको बताउनुभयो। उहाँले गैंडा संरक्षणका माध्यमबाट अन्य वन्यजन्तु संरक्षणमा पनि आपसी सहकार्यमा योगदान गर्नसक्ने र साथै नेपाल-चीन सम्बन्धमा बलियो सांस्कृतिक तथा जनस्तरीय सम्बन्धको सेतु बनेको पनि बताउनुभयो।

कार्यक्रममा चिनियाँ सहभागीहरूले अनुसन्धानको यो सहकार्यबाट दुर्लभ एकसिंगै गैंडा मात्रै नभएर अन्य वन्यजन्तुको संरक्षणमा अनुभवहरू आदान प्रदान गर्न सकिने बताए।

नेपालले चीनलाई दिएका दुई जोडी गैंडामध्ये एकजोडी गत भदौ २ गते चीनलाई दिइएको थियो। पहिलो पटक लगिएका एक जोडी गैंडा क्वाङ्चौको चेमेलोङ् सफारी पार्कमा राखिएका छन्।

जानकारी तथा लेखहरु