फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय शान्तिसुरक्षाप्रति नेपाल प्रतिबद्ध

(GMT+08:00) 2018-09-27 18:27:54
नेपालले संयुक्त राष्ट्रसंघका माध्यमबाट अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा कायम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार एक्सन फर पिस किपिङको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै नेपाल सधैं अन्तर्राष्ट्रिय शान्ति, सुरक्षाका पक्षमा रहेको प्रतिबद्धता जनाएका हुन्।

प्रधानमन्त्री ओलीले नेपालले यूएनको माध्यमबाट शान्ति स्थापनार्थ नेपालले निरन्तर सेना र प्रहरी उपलब्ध गराइरहने प्रतिबद्धता व्यक्त गरेको पनि नागरिकन्यूजले लेखेको छ। बुधबारै एसिया सोसाइटीले आयोजना गरेको 'शान्ति, प्रजातन्त्र र विकास'विषयक कार्यक्रममा पनि प्रधानमन्त्रीले सम्बोधन गरेका छन्। उनले नेपालमा प्रजातन्त्र र आधारभूत स्वतन्त्रताप्रति प्रतिबद्धता जनाए।

अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुडले सहजीकरण गरेको कार्यक्रममा नेपाल सरकार समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यसहित अघि बढेको ओलीले सुनाए। प्रधानमन्त्री ओलीले विदेशी लगानीको महत्व, कनेक्टिभिटी, दिगो वातावरणलगायतका विषयलाई जोड दिएका थिए। महासभाको ७३औं अधिवेशनको शुभारम्भ कार्यक्रममा पनि सहभागिता जनाएका प्रधानमन्त्री ओलीले आज बिहीबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

यसैबीच महासभामा सहभागी हुन प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विभिन्न देशका समकक्षीसँग भेट गरेका छन्। ज्ञवालीले बुल्गेरियाका उपप्रधान एवं विदेशमन्त्री एक्टेरिना जाहारिभा, पाकिस्तानका विदेशमन्त्री शाह मेहमोद कुरेशी र बेलायतका एसिया प्रशान्त क्षेत्रीय राज्यमन्त्री मार्क फिल्डलगायतसँग छुट्टाछुट्टै दुईपक्षीय भेटघाट गरे।

जानकारी तथा लेखहरु