फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाहुनाका लागि खुला पर्यटनमन्त्री अधिकारी

(GMT+08:00) 2018-09-27 18:28:15
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पाहुनाका लागि सधैँ नेपाल खुला देशका रूपमा रहेको बताउनुभएको छ। नेपाल पर्यटन पत्रकार महासङ्घले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलयमा आयोजना गरेको 'अतिथि देवो भवः पर्यटन वर्ष २०२०'शुभारम्भका क्रममा उहाँले सधैँ खुशी रहेर अतिथिप्रति प्रेमभाव प्रकट गर्ने संस्कार भए तापनि पछिल्लो समयमा संस्कार भुल्दै गएको पनि औंल्याउनुभएको छ।

उक्त महासङ्घलाई सरकारको सहयोगी भएर काम गर्न, पर्यटन प्रबर्द्धनमा ध्यान दिएर यसलाई समृद्धि र विकाससँग जोड्नुपर्ने आवश्यकता औल्याउँदै मन्त्री अधिकारीले महासङ्घले थालेको अभियानमा सरकारले पनि साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभएको गोरखापत्रअनलाईनले लेखेको छ।

कार्यक्रममा युएनडिपीका देशीय निर्देशक आइस्यानी लाबेले सरकारले लिएको 'सुखी नेपाली, समृद्ध नेपाल'को नारालाई सार्थक तुल्याउन र नेपालको अर्थतन्त्र बलियो बनाउन पर्यटन एक मूल आधार भएको बताउनुभयो। नेपाल पर्यटन बोर्डका प्रबन्धक केबी शाहले मुलुकको पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने खालका कार्यक्रममा महासङ्घको विशेष भूमिका हुनेुपर्नेमा जोड दिए। त्यसै गरी महासङ्घका अध्यक्ष धनीराम शर्माले सामाजिक र पेशागत दायित्व बोकेर मुलुकभर यो अभियान अघि बढाइने बताए। होटल एशोसियसन नेपाल (हान)का कार्यकारी प्रमुख टेकबहादुर महतले नेपाललाई कृषि, संस्कृति, स्वास्थ्य, जल, योग र आयुर्वेद पर्यटनका रूपमा विकास गर्न सकिने बताए।

जानकारी तथा लेखहरु