फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्र संघ महासभाको क्षयरोग उन्मूलन सम्मेलनमा फङ ली युआनद्वारा भिडियो सम्बोधन

(GMT+08:00) 2018-09-28 09:51:06

सेप्टेम्बर २६ तारिख संयुक्त राष्ट्र संघको ७३औँ महासभाको क्षयरोग उन्मूलन तथा उपचारसम्बन्धी उच्च स्तरीय सम्मेलन अमेरिकाको न्यूयोर्कमा आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङकी श्रीमती एवम विश्व स्वास्थ्य संगठनको क्षयरोग र एड्स उन्मूलन तथा उपचारसम्बन्धी सद्भावना दूत फङ ली युआनले क्षयरोग उन्मूलनको श्रेष्ठ प्रतिनिधिका रुपमा सम्मेलनको उद्घाटनमा भिडियोमार्फत सम्बोधन गर्नुभएको छ। उहाँको सम्बोधन निम्न छ:

प्रिय मित्रहरु,म विश्व स्वास्थ्य संगठनको क्षयरोग र एड्स उन्मूलन तथा उपचारसम्बन्धी सद्भावना दूत फङ ली युआन हुँ। यस पटकको उच्च स्तरीय सम्मेलनको आयोजनाका लागि तपाईंहरुलाई बधाईका साथै अभिवादन व्यक्त गर्न चाहन्छु।

सन् २००७ मा म चीनको क्षयरोग उन्मूलन तथा उपचार सम्बन्धी दूत बनेकी थिएँ। र सन् २०११ मा चीनको क्षयरोग उन्मूलन तथा उपचारसम्बन्धी सद्भावना दूत बनेकी थिएँ। यो मैले महत्व दिएका कामहरूमध्येको एउटा जिम्मेवारी तथा कर्तव्य हो। वितेका दश भन्दा बढी वर्षदेखि हरेक वर्षको मार्च २४ तारिख मैले क्षयरोगबाट प्रभावित क्षेत्रको भ्रमण गर्दैआएकी छु। जसबाट क्षयरोगबारे चिनियाँहरुको चेतनालाई स्पष्ट पार्नसकिने तथा उनीहरुको आचरणमा सुधार गर्नसकिने विश्वास छ।

चालू वर्ष मैले चीनको मध्य भागमा रहेको हु पै प्रान्तको भ्रमण गरेकी थिएँ। मैले दश वर्ष उमेरका विद्यार्थीहरुसँग क्षयरोगको सम्बन्धित् ज्ञान तथा स्वस्थ जीवनका लागि उपयोगी तरिकाबारे आदानप्रदान गरेकी थिएँ। यसका साथै मैले बच्चाहरुलाई राम्रो व्यक्तिगत स्वस्थ बानी बसाल्ने महत्वबारे जानकारी दिएकी थिएँ। हु पै प्रान्तको ग्रामिण क्षेत्रमा मैले क्षयरोगबाट निको भएको एक विरामीसँग पनि भेटें। मैले उनलाई क्षयरोगको प्रतिरोध गर्ने प्रसारक बन्न प्रोत्साहन पनि दिएँ, जसबाट उनले अरु बढी व्यक्तिहरुसँग क्षयरोगको प्रतिरोध सम्बन्धी अनुभव बाँड्न सक्नेछ।

यस भ्रमण अवधिमा क्षयरोग सम्बन्धी औषधोपचार गर्ने व्यक्तिको प्रशंसा र उनीहरूलाई पुरस्कार वितरण गर्ने एउटा समारोहमा मैले पनि भाग लिएँ। उनीहरूमध्ये प्राय:जसो आधारभूत तहमा कार्यरत् भएकाले अधिकांशसँग रोचक र घत लाग्दो कथाहरू छन् जुन सुन्नलायक छन्।

अब म तपाईंसमक्ष उनीहरूमध्येको एकजनाको कथा सुनाउन चाहन्छु। उहाँ स छ्वान प्रान्तको एक आबास क्षेत्रका चिकित्सक हुनुहुन्छ। स्थानीय क्षयरोग लागेका रोगीको हेरचाह गर्नु नै उहाँको मुख्यकार्यभारमध्येको एक हो। सन् २००८ मा स छ्वानमा बिनाशकारी भूकम्प जाँदा उहाँको जन्मथलोमा पनि प्रकोपबाट गम्भीर क्षति पुर्याइएको थियो। भूकम्पबाट निकै ठूलो ध्वस्त भए तापनि उहाँले सक्दो प्रयासमार्फत आफ्नो पर्यवेक्षणमा रहेका ५४० जना रोगीसँग पुन: प्रत्यक्ष सम्पर्क राख्नुभएको थियो। उहाँ पराकम्पनको बावजुद पनि निकै लामो दूरी हिँडेर ती रोगीहरूको घरदैलोसम्म पुग्नुभयो। उहाँले झण्डै बीस दिनको समयमा औषधीको आपूर्ति विच्छेद भएका रोगीलाई छिटोभन्दा छिटो औषधी उपलब्ध गराउनुभयो। एक चिकित्सकको हैसियतले क्षयरोग लागेका रोगीलाई औषधोपचार गर्ने महत्व उहाँले निकै स्पष्टसँग बुझ्नुभएको छ। खुसीको कुरा के छ भने ती सबै ५४० जना रोगीको पूर्ण रूपमा निको भयो, तिनीहरू सबै नै स्वस्थ भए। त्यसर्थ उहाँको अथक प्रयासले राम्रो उपलब्धि प्राप्त गरेको छ। मानिसलाई गहिरो छाप पारेको कुरा हो यो!

म सञ्चार माध्यम र सबै सक्रिय समर्थकलाई पनि धन्यवाद दिन चाहन्छु। हामीले चिनियाँ क्षयरोग परियोजनाका सात लाखभन्दा बढी क्षयरोग स्वयसेवकसँग संयुक्त प्रयास गरी ७५ प्रतिशतभन्दा बढी जनसंख्यामाझ क्षयरोगबारे राम्रो तरिका र बुझ्ने तरिकाले जानकारी दिन सफल भयौं र साथै उनीहरुलाई क्षयरोगसम्बन्धी ज्ञान र जानकारी अरूलाई पनि बाँड्नसक्ने बनाएका छौं। यसको नतिजा भनेको हामीले धेरै रोगी र मानिसहरूको उपचार गरेका छौं।

म आफू चिनियाँ क्षयरोग परियोजना तिब्र रुपमा विकास भएको क्रमको साक्षी छु। अझ राम्रो चिकित्सा सेवामार्फत, हामीले चाँडो र प्रभावकारी उपचार प्रदान गर्न सक्छौं। केही ठाउँमा क्षयरोगको प्रतिरोध कार्य गरिबी निवारण कार्यको महत्वपूर्ण भाग हो। रोगलाई जाँचबुझ गरेर निश्चित गरिने दर वृद्धि भएको छ भने हाल रोगीको उपचारपछि फेरि रोग देखिने दर र रोगबाट मृत्यु हुनेको दर निरन्तर रुपमा घटिरहेको छ।

मैले विदेशको भ्रमण गर्दा स्थानिय क्षयरोगको अवस्थाबारे पनि जानकारी लिएको छु। धेरै रोगीले आवश्यक सहयोग प्राप्त गरेको देखेर मलाई निकै खुशी लागेको छ। विभिन्न मुलुकका सरकार, अन्तर्राष्ट्रिय संगठन, गैरसरकारी संगठन, विशेषज्ञ र स्वयसेवकको संयुक्त प्रयासमार्फत क्षयरोगको प्रतिरोध गर्ने अवस्थालाई सुधार गरिएको छ।

तर बहु-औषधि प्रतिरोध खालको क्षयरोग हालसम्म खतरापूर्ण छ। उपचार तरिकाको अभाव र महङ्गो पर्ने कारणले विश्वव्यापी रूपमा एक जटिल समस्याको रूपमा रहेको देखिन्छ।

विश्व स्वास्थ्य संगठनले "क्षयरोगको उन्मुलन गर्ने" रणनीतिलाई लागु गरिसक्यो र अब यस सम्बन्धी काम गर्नुपर्छ। तपाईंहरू सबै साथीहरू हाम्रो टोलीमा सहभागी हुनुपर्छ म यही भन्न चाहन्छु।

हामी सँगसँगै मिलेर करोड भन्दा बढी क्षयरोगीहरूको जीवनको सुधार गर्नुपर्छ र क्षयरोगको उन्मुलन गर्नुपर्छ।

यो सम्मेलन सफल हुने मेरो आशा छ।

धन्यवाद।

जानकारी तथा लेखहरु