फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ढोरपाटनमा सिकारयाम सुरु एउटा नाउरको १२ लाखs

(GMT+08:00) 2018-09-28 16:09:13

विश्वका साहसिक सिकारीको प्रमुख गन्तव्य ढोरपाटन सिकार आरक्षमा सिकारयाम सुरु भएको छ। हरेक वर्ष दुई सिजनमा सिकार अनुमति दिइने आरक्षमा यो वर्षको पहिलो सिजनको सिकारयाम सुरु भएको हो। पहिलो सिजन (असोज–मङ्सिर)का लागि १० वटा नाउर र ६ वटा झारलको सिकार हुनेछ। सिकारका लागि सिकार कम्पनीहरूले एउटा नाउरको बढीमा १२ लाख पाँच हजार र एउटा झारलको नौ लाख २० हजार रुपियाँ राजस्व विभागलाई बुझाएको गोरखापत्रअनलाईनले लेखेको छ।

विश्वभरका साहसिक सिकारका लागि प्रख्यात मानिएको आरक्षमा सिकार गर्नका लागि अमेरिका, रसिया, स्पेनलगायतका मुलुकका सिकारी आउने गरेका छन्। ढोरपाटन क्षेत्रमा पाइने नाउर तथा झारलको सिकार गर्नु विश्वकै साहसिक काम हुने भएकाले ट्रफी जित्नका लागि सिकारीहरू आउने गरेको सिकार आरक्ष कार्यालयको भनाइ छ। सरकारले २०४२ सालमा सिकार आरक्ष स्थापना गरेपछि विदेशी पर्यटकको आकर्षण बढ्न थालेको थियो। विश्वमा वैधानिक रूपमा सिकार गर्न पाइने सयौँ सिकार आरक्ष भए पनि विश्वमा प्रख्यात सिकारीले नेपालको ढोरपाटन सिकार आरक्ष मुख्य गन्तव्यका रूपमा लिने गरेका छन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक वर्ष दुई पटक (असोज–मङ्सिर) र (माघ–वैशाख)मा विभिन्न सिकार एजेन्सीमार्फत ढोरपाटन सिकार आरक्षमा सिकार गर्नका लागि नाउर र झारलको कोटा निर्धारण गरी कोटाअनुसार विभिन्न 'हन्टिङ एजेन्सी'मार्फत टेन्डर प्रक्रियाबाट सिकार गराउँदै गराइन्छ।

१५ दिनको सिकार अनुमतिसहित सिकार गर्न आउने पर्यटकले पानी पिउने बेला, साँझ, बिहान, खाने वस्तुको प्रयोग गरेर वा शारीरिक सम्पर्क भएका बेलाबाहेक अन्य समयमा आरक्षबाट खटिएर जाने कर्मचारीको प्रत्यक्ष निगरानीमा भाले नाउर वा झारलको मात्र सिकार गर्न पाउने छन्।

सिकार गर्न सफल सिकारीले नाउर वा झारलको टाउको आफ्नो मुलुकमा लैजान पाउनेछन् भने सिकार गर्न नसक्ने रित्तो हात फर्कनुपर्नेछ।

जानकारी तथा लेखहरु