फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीआरआई नेपाली सेवाका केहि फ्रिक्वेन्सीमा प्रसारण अवरूद्ध हुने

(GMT+08:00) 2018-09-28 18:32:59
नेपाली समयनुसार, अक्टुबर महिनाको ८ तारिख बिहानको ५ बजेर ४५ मिनेटदेखि अक्टुबर महिनाको २५ तारिख बेलुकी ९ बजेर ४५ मिनेटसम्म ११८६०, ११७३० र ७४३५ फ्रिक्वेन्सीमा प्राविधिक प्रबन्धको मर्मत सम्भारका कारण चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको प्रसारण अवरुद्ध हुने भएको छ।

११८६० फ्रिक्वेन्सीमा बिहान ७ बजेर १५ मिनेटदेखि ८ पन्ध्रसम्म प्रसारण अवरूद्ध हुने छ भने १३७८०मा प्रसारण यथावत रहनेछ।

त्यसै गरी ११७३० फ्रिक्वेन्सीमा बिहान ८ बजेर १५ मिनेटदेखि ९ पन्ध्रसम्म प्रसारण अवरूद्ध हुने छ भने १३७८० मा प्रसारण यथावत रहनेछ।

त्यसै गरी ७४३५ फ्रिक्वेन्सीमा बेलुकी ७ बजेर ४५ मिनेटदेखि ८ पैंतालीससम्म प्रसारण अवरूद्ध हुने छ भने ११८८ र ७२५० मा प्रसारण यथावत रहनेछ।

त्यसै गरी ७४३५ फ्रिक्वेन्सीमा बेलुकी ८ बजेर ४५ मिनेटदेखि ९ पैंतालीससम्म प्रसारण अवरूद्ध हुने छ भने १२६९ र ७२५० फ्रिक्वेन्सीमा प्रसारण यथावत रहनेछ।

यसबाट श्रोतावर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचना माग्दछौं।

जानकारी तथा लेखहरु