फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्रीद्वारा नेपाली स्थायी नियोग तथा महावाणिज्य दूतावासको निरीक्षण

(GMT+08:00) 2018-09-29 19:45:36
प्रधानमन्त्री केपी शर्मा ओलीले असोज १३ गते संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगको निरीक्षण गर्नुभएको छ। प्रधानमन्त्री ओलीले नियोगको निरीक्षण साथै अमेरिकास्थित विभिन्न नेपाली समुदाय तथा गैरआवासीय नागरिक (अमेरिका)का प्रतिनिधिहरूसँग पनि भेट गर्नुभएको छ।

प्रधानमन्त्री ओलीलाई नियोगका काम कारवाहीका विषयमा कार्यवाहक प्रमुख निर्मलराज काफ्ले तथा अन्य कर्मचारीले जानकारी दिएका थिए।

सोही दिन प्रधानमन्त्री ओलीले न्यूयोर्कस्थित अमेरिकाका लागि नेपाली महावाणिज्य दूतावासको पनि निरीक्षण गर्नुभएको छ। दूतावासले प्रधानमन्त्री तथा प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गरेको थियो। उहाँलाई कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराई तथा दूतावासका अन्य कर्मचारीले दूतावासका कामकारवाहीका विषयमा जानकारी दिएका थिए।

प्रधानमन्त्री ओलीका साथमा धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, परराष्ट्र मन्त्रालयका पदाधिकारीहरु रहनुभएको थियो।

प्रधानमन्त्री ओली कोस्टारिकाको औपचारिक भ्रमणका लागि असोज १४ गते त्यसतर्फ प्रस्थान गर्नुहुने राससले जनाएको छ।

जानकारी तथा लेखहरु