फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

२५ प्रतिशत नेपालीमा मुटुको रोग

(GMT+08:00) 2018-09-29 19:46:42
हाम्रो प्रण : स्वस्थ मुटु नाराका साथ यस वर्षको विश्व मुटु दिवस मनाइदैछ। विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले सन २००० देखि सेप्टेम्बरको अन्तिम आईतबारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालेपनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ।

नेपालमा हरेक वर्ष मुटुका रोगी बढ्दै गएपछि एक हप्तासम्म विभिन्न चेतनामुलक कार्यक्रम गरेर यो दिवस मनाउन लागिएको हो। विश्वमा हरेक वर्ष मुटु सम्बन्धि रोगका कारण १७ लाख भन्दा बढिको मृत्यु हुने गरेको छ।

नेपाल लगायत विकासोन्मुख देशहरुमा मुटुरोगीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। नेपालमा हाल २५ प्रतिशत अर्थात करिब ७५ लाख जनता कुनै न कुनै प्रकारका मुटुरोगबाट पीडित छन्। मुटु रोगीहरुको संख्या नेपालमा १० वर्ष यता ५ गुणाले बृद्धि भएको छ। हाल नेपालमा विद्यमान मुटुरोगहरु मध्ये कोरोनरी मुटुको रोग, बाथ मुटुको रोग, जन्मजात मुटुका रोगहरु र उच्च रक्तचाप प्रमुख समस्याका रुपमा देखिएका छन्।

२१औं शताब्दीको सुरुमा आएर मुटुरोगबाट मर्नेहरुको संख्या विकसित राष्ट्रहरुमा करिब ५० प्रतिशत र विकासोन्मुख राष्ट्रहरुमा २५ प्रतिशत पुगेको छ। विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा मुटु रोगबाट विश्वभर मर्नेहरुको संख्या वर्षेनी २ करोड ५० लाख पुग्ने जनाएको छ। सन् २०३० सम्ममा नेपाल लगायतका विकासोन्मुख राष्ट्रहरुमा ह्दयघात भएर मर्नेहरुको संख्या ३५ प्रतिशत भन्दा बढी पुग्ने अनुमान गरिएको छ।

नेपाल ह्रदयरोग निवारण प्रतिष्ठानका अनुसार नेपालमा करिब ३० प्रतिशत वयस्क जनतालाई उच्च रक्तचाप, २० प्रतिशतलाई कालेस्टेरोल, १० प्रतिशतलाई मधुमेह, र १ प्रतिशत बालबालिकालाई बाथ मुटुको रोग छ।

मुटुका लागि जोखिम तत्वहरु उच्च रक्तचाप, मधुमेह, उच्च रक्त कोलेस्टेरोल, मोटोपन, धुम्रपान गर्ने बानी, बंशानुगत र व्यायामको कमि आदि प्रमुख हुन्। ९० प्रतिशत नेपालीले मुटु मैत्री खाना नखाने , करिब ५० प्रतिशत शहरिया नेपालीले आवश्यक व्यायाम नगर्ने , ४० प्रतिशतले चूरोट, सुर्ति सेवन गर्ने गरेका छन्।

चिकित्सकहरुका अनुसार धुमपान तथा मध्यपान सेवन नगर्ने, चिल्लो, पिरो बोसो, भुटेका तारेका खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने र दैनिक शारिरीक व्यायाम गर्ने हो भने मुटु रोगबाट बच्न सकिन्छ।

जानकारी तथा लेखहरु