फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दसैंका लागि ४० हजार टिकट बुकिङ

(GMT+08:00) 2018-09-30 18:42:51
दसैंका लागि राजधानी छाड्ने क्रम सुरु भएको छ। प्रहरीका अनुसार उपत्यकाबाट स्थलमार्ग हुँदै बाहिरिने संख्या पछिल्लो एक सातामा पाँच लाख ६० हजारभन्दा बढि छ।

नियमित आवागमनको तुलनामा दैनिक बाहिरिनेको संख्या १० देखि १५ हजारले बढि भएको कारोवारदैनिकले लेखेको छ।

यसवर्ष चाडपर्व मनाउन २० देखि ३० लाखको हाराहारीमा सर्वसाधरणले उपत्यका छोड्ने अनुमान महानगरीय ट्राफिक महाशाखाको छ। महाशाखाका अनुसार हालसम्म दसैंका लागि कलंकी, नयाँ तथा पुरानो बसपार्क, चाबहिल, कोटेश्वर, गौशालालगायत काउन्टरबाट ४० हजारभन्दा बढी सर्वसाधरणले टिकट बकिङ गरेका छन्।

जानकारी तथा लेखहरु