फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंमा हुने उडानमा चीन भारतलाई उछिन्दै

(GMT+08:00) 2018-10-01 14:28:19

पछिल्लो पटक चीनबाट नेपालका लागि हुने अन्तर्रास्ट्रिय उडानको संख्यामा मात्रै होइन काठमाडौंमा सेवा दिने जहाजको प्रकारमा पनि चीनले भारतलाई उछिन्दै गएको छ। शनिबारदेखि चाइना साउर्दनले वाइडबडी विमानको सेवा थालेको छ। तीन वर्षअघि चीनको व्यापारिक सहर क्वाङचौ)–काठमाडौं–क्वाङ्चौ सातामा दुइटामात्रै उडान गर्दै आएको यो एयरलाइन्सले हाल सातामा नियमित १४ वटा व्यावसायिक उडान गर्दै आएको छ।

विदेशी वायुसेवाहरुको छाता संगठन एयरलाइन अपरेटर्स कमिटी नेपाल (एओसीएन) का अनुसार, यो सहित चीनबाट काठमाडौंका लागि वाइडबडी विमान उडाउने एयरलाइन्सको संख्या दुई पुगेको छ। चाइना साउर्दनअघि एयर चाइनाले पनि वाइडबडी विमानबाट सेवा दिँदै आएको छ। तर, उसले यात्रुको संख्याका आधारमा वाइडबडी विमान ल्याउने गरेको छ।

एओसीएनका अध्यक्ष सान्तनु सेन गुप्ताका अनुसार, आधा दर्जन चिनियाँ सहरबाट नेपाल आउने ६ वटा एयरलाइन्स छन्। यो भारतबाट उडान गर्ने भारतीय एयरलाइन्सको तुलनामा दोब्बर हो। भारतबाट काठमाडौंका लागि उडान गर्ने एयरलाइन्सहरुले न्यारोबडी विमानबाट सेवा दिइरहेका छन्। त्यहाका एयरलाइन्सहरुले वाइडबडी विमान ल्याउने गरेका छैनन्।एओसीएनका महासचिव बासु लामिछानेका अनुसार, चीनको खुनमिङ्गबाट चाइना इर्स्टन, ल्हासा र छङ्तुबाट एयर चाइना र सछ्वान, सिआन र छङ्तुबाट तिब्बत एयरलाइन्स क्वाङ्चौबाट चाइना साउर्दन तथा हङकङबाट ड्रयागन एयरसहित ६ वटा एयरलाइन्सले सातामा बढीमा ६१ वटा उडान गर्छन्।

ईकान्तिपुर अनलाइनका अनुसार नेपाल र चीनबीच ५ वर्षअघि सातामा १४ वटा मात्रै उडान भर्ने सहमति थियो। सन् २०१४ पछि दुई देशले यो संख्या चार गुनाले बढाउदै सातामा ५६ पुर्‍याए। त्यस सम्झौताअनुसार, सन २०१६ बाट चीनले सातामा ७० वटा उडान गर्ने अनुमती पाएको छ। तर भारतले सातामा कम्तीमा १ सय ५० उडानको अनुमती पाएको छ। यी दुबै मुलुकमा नेपालले पनि समान उडान गर्न पाउँछ। तर, नेपालबाट चीनका लागि कुनै पनि उडान हुदैनन्।

ध्वजाबहाक नेपाल वायुसेवा निगमले सन् २०१५ मा चीनका लागि उडान अनुमती प्रक्रिया थालेपनि हालसम्म पाउन सकेको छैन । नागरिक उड्डयन प्राधिकरणका अनुसार, बेइजिङ्गमा निर्माण हुदै गरेको नया विमानस्थल बनेपछी मात्रै नेपाललाई अनुमती दिइने आश्वासन दिइएको छ । भारतको मुम्बई, बैंङलोर र दिल्लीमा नेपाल वायुसेवा निगमले सातामा १६ वटा मात्रै उडान गर्दै आएको छ।

जानकारी तथा लेखहरु