फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ऊर्जा क्षेत्रको विकासका लागि संयुक्त रूपमा लगानी गर्न नेपाल र चीन सहमत

(GMT+08:00) 2018-10-02 18:25:56

ऊर्जा क्षेत्रमा सहकार्य गर्न गठित नेपाल र चीनबीचको ऊर्जा संयन्त्रको पहिलो बैठक ऊर्जा क्षेत्रको विकासका लागि संयुक्त रूपमा लगानी गर्न सहमत भएको छ।

शुक्रबार बसेको संयन्त्रको बैठकले ऊर्जा विकासमा सहकार्यका लागि योजना बनाउने निर्णय गर्दै संयुक्त लगानीका लागि सहजीकरण गर्न सहमति गरेको हो। बैठकले दुवै देशका प्राविधिक सम्मिलित संयुक्त कार्य समूह गठन गरी योजना बनाएर पेस गर्ने सहमति भएको ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश घिमिरेले जानकारी दिनुभयो।

बैठकमा दुवै देशको विद्युत्मा माग र आपूर्तिको अवस्था, भविष्यको प्रक्षेपण र विकास, लगानीको सम्भावना लगायतबारे छलफल भएको थियो। बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव अनुपकुमार उपाध्याय र चीनको तर्फबाट इन्टरनेसनल इकोनोमिक डिपार्टमेण्टका उपमहाप्रबन्धक हि याङले नेतृत्व गरेका थिए।

यसअघिनै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा गल्छी–रसुवागढी–केरुङ ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणका विषयमा भएको सहमतिबारे समेत छलफल भएको थियो । प्रधानमन्त्रीको भ्रमणका क्रममा लगानीका लागि नेपालले प्रस्ताव गरेका नलगाढ, नौमुरे, किमाथांका, सुनकोशी–२ र ३, तमोर र फुकोट कर्णाली जलविद्युत् आयोजनाबारे समेत छलफल भएको कारोबार अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु