फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भिजिट नेपाल २०२० मा भारतीय र चिनियाँ पर्यटकलाई पहिलो प्राथमिकता

(GMT+08:00) 2018-10-03 15:50:18

नेपाल सरकारले भिजिट नेपाल २०२० मा भारती र चिनियाँ पर्यटकलाई पहिलो प्राथमिकता दिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार आयोजना गरेको कार्यक्रममा सरकारले यस्तो धारणा राखेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले भिजिट नेपाल वर्ष सन् २०२० मा भारत चिनियाँ पर्यटकलाई पहिलो प्राथमिकता दिने बताउनुभयो। 'सरकारले दुई ठूला देशका पर्यटकलाई पहिलो प्राथमिकतामा राखेको छ। नेपालको पर्यटन क्षेत्रमा चीन र भारतको ठूलो योग्दान छ,' पर्यटन मन्त्री अधिकारीले भन्नुभयो, 'हामीले अन्य देशका पर्यटकलाई पनि उत्तिकै प्राथमिकता दिन्छौं। समग्रमा अहिले भारत र चीन पहिलो प्राथमिकतामा परेका छन्।'

वल्र्ड टुरिजम काउन्सिलको रिपोर्टअनुसार नेपालको जिडिपीमा पर्यटनको ७.८ प्रतिशत योगदान रहेको मन्त्री अधिकारीले बताउनुभयो। तर, सञ्चारमाध्यमले गलत तथ्यांक प्रयोग गरेको समेत उहाँको टिप्पणी थियो । 'आगामी १० वर्षभित्र २० प्रतिशत जिडिपी पुर्याउने लक्ष्य छ,' मन्त्री अधिकारीले भन्नुभयो, 'यसका लागि सरकारले लगानी गर्न तयार हुनुपर्छ। पर्यटन क्षेत्रमा निजी क्षेत्रको ठूलो योगदान रहेको छ।'

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ५५ प्रतिशत सम्पन्न भएको जानकारी दिँदै उहाँले करिब ६ महिनाभित्र नयाँ रन वेबाट उडान सुरु गर्ने भनाइ राख्नुभयो। नागरिकन्यूज अनलाइनका अनुसार यस क्षेत्रबाट वैदेशिक रोजगारीका लागि उडान गर्ने तयारी रहेको पनि मन्त्री अधिकारीले बताउनुभयो।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) २४ घन्टा सञ्चालन हुनेछ । 'टिआइएको २७ वर्षदेखि रोकिएको रिह्याब गर्न कोही तयार छैन। सानो निर्णय गर्नुपर्याे भने बैठकमा आउनै छोड्छन्। अर्थ मन्त्रालयका कोही पनि बैठकमा आउन तयार हुँदैनन् । यसमा सोच्नुपर्ने समय आएको छ,' मन्त्री अधिकारीले भन्नुभयो।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भिजिट नेपाल वर्षमा २० लाख पर्यटक भित्र्याउन कुनै समस्या नभएको बताउनुभयो। यसका लागि सरकारले भौतिक पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिनुपर्ने गोल्छाको भनाइ थियो।

नेपाल पर्वतारोहण संघका सचिव टिकाराम गुरुङले नेपालको पर्वतारोहण क्षेत्रको विषय पहिलो सर्तको रुपमा उठाउने पर्ने सुझाव दिनुभयो। फरक उचाइको फरक फरक हिमाल भएका कारण पर्वतारोहीलाई २० लाख पर्यटक भिœयाउने क्रममा हिमालहरुको प्रवद्र्धन हुनुपर्ने गुरुङको भनाइ थियो।

कार्यक्रममा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटी फ्री बजारको व्यवस्थापन हुन नसकेकाले पर्यटन मन्त्रीको ध्यानकर्षण गराएका थिए। महासंघको पर्यटन विभागका प्रमुख जोत्सना श्रेष्ठले समग्र पर्यटन क्षेत्रको विकास, प्रवद्र्धन र आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्रले हातेमालो गर्नुपर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु