फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनबाट नेपाल लगिएको विमानले अब उडान गर्ने

(GMT+08:00) 2018-10-03 15:50:42

नेपाल वायुसेवा निगमले दुर्गम क्षेत्रमा उडानका लागि भन्दै चीनबाट भित्र्याएको वाई–१२ ई जहाज ४ वर्षपछि बल्ल सो क्षेत्रमा उडाउने तयारी थालेको छ। सो जहाजबाट दुर्गम क्षेत्रमा उडानको लागि अनुमति माग्दै नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निगमले पत्र लेखेको छ। निगमले अनुदान तथा सुलभ ब्याजदरको ऋणमा खरिद गरेर वाई–१२ ई लगायतका चिनियाँ जहाज ल्याएको कारोबार अनलाइनले जनाएको छ।

चीनबाट ल्याइएको ४ थान जहाजमार्फत देशका दुई दर्जनभन्दा बढी दुर्गम गन्तव्यमा उडान गर्न अनुमति माग्दै परफरमेन्स रिभ्युको लागि प्राधिकरणलाई पत्र लखेको हो। तत्कालीन समयमा वाई–१२ ई जहाजले दुर्गम क्षेत्रमा उडान गर्न भन्दै नेपाल ल्याएको भए पनि चिनियाँ जहाज निर्माता कम्पनीले चार वर्षसम्म परफरमेन्स रिभ्यु नगर्दा हालसम्म उडेका जहाजबाट पनि निगमले सुगममा मात्र उडान गर्दै आएको थियो। केही साताअघि चिनियाँ जहाज निर्माता कम्पनीले निगमलाई वाई–१२ ई जहाजको परफरमेन्स रिभ्युसहितको कागजात पठाएको थियो।

निगमका प्रवक्ता अशोक सिग्देलले प्राधिकरणले रिभ्यु गरेर उडानयोग्य प्रमाणपत्र (एओसी) दिएमा धमाधाम दुर्गममा सेड्युअल उडान थाल्ने प्रवक्ता सिग्देलले जानकारी दिनुभयो। १८ सिट क्षमताका वाई १२ ई जहाज निगमसँग हाल ४ थान छन्। दसैं अगाडि नै प्राधिकरणले अनुमति दिएमा उडान सुरु गर्ने तयारी रहेको सिग्देलले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु